१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ८ शुक्रबार
  • Friday, 09 May, 2025
फाइल तस्बिर
तिवारी यादव वीरगन्ज
२o८o भदौ ८ शुक्रबार १५:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेशमा सरकार भए पनि शासन र प्रशासन चलाउने अधिकार छैन : उपेन्द्र यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ८ शुक्रबार १५:४२:oo

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशमा गणतन्त्र घोषणा भएको १५ वर्ष भए पनि त्यसलाई संस्थागत गर्न नसकिएको बताएका छन्। उनले पटक-पटकको आन्दोलनबाट जनताले पाएको उपलब्धि संघीयताविरोधी शक्तिहरूले सिध्याउने षड्यन्त्रमा लागेकाे बताए।
 
समाजवादी मोर्चाले आयोजना गरेकाे सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्दै मधेस आन्दोलनबाट जनताले पाएको हकअधिकार खोस्ने काम भए सह्य नहुने चेतावनी दिए।

अध्यक्ष यादवले मधेसकेन्द्रित दलले संविधानमा असहमति जनाएको बताउँदै संविधान लागू भएको आठ वर्षमा संघीयतालाई कार्यान्वयन गर्नका लागि आठवटा कानुन पनि बन्न नसकेको बताए। उनले प्रदेशमा सरकार भए पनि शासन र प्रशासन चलाउने कुनै अधिकार नभएको दाबी गरे।