१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १o:४९:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालगन्ज नाकाबाट मकै आयात बढ्यो, अन्य खाद्य पदार्थ भने घट्यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:४९:oo

एक वर्षमा नेपालगन्ज नाकाबाट अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा मकै आयात बढेको छ । गत आवमा दुई अर्ब नौ करोड ९९ लाख ९४ हजार रुपैयाँको पाँच करोड ५० लाख ७१ हजार चार सय ३० किलोग्राम मकै आयात भएको छ । मकै आयातबाट १० करोड ५६ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएको नेपालगन्ज भन्सार कार्यालयका अधिकृतसमेत रहेका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले जानकारी दिए । 

उनका अनुसार आव ०७८/७९ मा एक अर्ब ८५ करोड २६ लाख ५९ हजार रुपैयाँको पाँच करोड ३० लाख ६८ हजार ५७ किलोग्राम मकै आयात भएको थियो । उक्त आवमा नौ करोड ३१ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । 
 सूचना अधिकृत शर्माका अनुसार आव ०७९/८० मा ९३ करोड ६० लाख रुपैयाँको आलु नेपाल भित्रिएको छ । नेपालगन्ज नाकाबाट तीन करोड ७५ लाख ८५ हजार ८८ किलोग्राम आलु भित्रिँदा १४ करोड ७७ लाख २२ हजार रुपैयाँ राजस्व संकलन भएको छ । तर, यो आर्थिक वर्ष ०७८/०७९ को भन्दा थोरै हो । अघिल्लो आवमा एक अर्ब १० करोड ८३ लाख ५५ हजार रुपैयाँको चार करोड ४० लाख ९८ हजार ६ सय ९४ किलोग्राम आलु आयात भएको थियो ।

गत आवमा १५ करोड ६४ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको नेपालगन्ज भन्सारबाट सामान आयातमा कमी आएपछि राजस्व पनि घटेको छ । गत आवमा चिनी आयातमा कमी आउँदा राजस्वमा समेत कमी आएको भन्सार कार्यालयले जनाएको छ । गत आवमा एक अर्ब ५७ करोड ९९ लाख ६ हजार रुपैयाँको दुई करोड ६३ लाख ९० हजार पाँच सय २२ किलोग्राम चिनी आयात भएको थियो । यस आवमा ८९ करोड ६० लाख २२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । तर, आव ०७८/७९ मा तीन अर्ब पाँच करोड ८४ लाख ५७ हजार रुपैयाँको पाँच करोड ८८ लाख ६४ हजार सात सय ४६ किलोग्राम चिनी आयात भएको थियो । उक्त आवमा एक अर्ब ७३ करोड ३२ लाख २० हजार राजस्व संकलन भएको थियो ।  

पेट्रोल, डिजेल, खाना पकाउने ग्यास, चामल, आलु, जिरा, केरा आयातमा पनि कमी आएको छ । आव ०७८/७९ मा एक लाख ७२ हजार दुई सय आठ किलोलिटर डिजेल आयात भएको थियो । तर, आव ०७९/८० मा एक लाख लाख ३९ हजार चार सय किलोलिटर डिजेल भित्रिएको सूचना अधिकारी शर्माले बताए । डिजेल आयातबाट आव ०७८/७९ मा ६ अर्ब ९७ करोड २८ हजार दुई सय रुपैयाँ राजस्व संकलन भएको थियो भने आव ०७९/८० मा घटेर पाँच अर्ब ८३ करोड १७ लाख ६९ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ । 

त्यसैगरी, आव ०७८/७९ मा पाँच अर्ब १० करोड ५५ लाख ६८ हजार रुपैयाँको ५२ हजार सात सय ७६ किलोलिटर पेट्रोल आयात हुँदा आव ०७९/८० मा चार अर्ब ६३ करोड ७० लाख ६६ हजार रुपैयाँको जम्मा ४७ हजार तीन सय ३२ किलोलिटर पेट्रोल आयात भएको छ । अघिल्लो आवमा तीन अर्ब १६ लाख २४ हजार राजस्व संकलन भएकोमा गत आवमा दुई अर्ब ६९ करोड ९५ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

गत आवमा भारतबाट चामल आयातमा पनि कमी आएको छ । गत आवमा चार अर्ब ७३ करोड ६० लाख १० हजार मूल्यको ६ करोड १८ लाख ७९ हजार नौ सय ४० किलोग्राम चामल आयात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । अघिल्लो आवमा नौ अर्ब ६२ करोड १० लाख ७२ हजार रुपैयाँको १७ करोड ११ लाख पाँच हजार आठ सय ९२ किलोग्राम चामल नेपाल भित्रिएको थियो । 

आर्थिक वर्ष ०७८/७९ मा पाँच अर्ब ३३ करोड ७३ लाख ७४ हजार रुपैयाँको चार करोड ४५ लाख १४ हजार पाँच सय २५ किलोग्राम खाना पकाउने एलपिजी ग्यास आयात भएको थियो, तर गत आवमा चार अर्ब ६५ करोड ६५ लाख ६ हजार रुपैयाँको खाना पकाउने ग्यास नेपालगन्ज नाकाबाट भित्रिएको थियो । यो अघिल्लो वर्षभन्दा ६८ करोड आठ लाख आठ हजार रुपैयाँ कम हो ।