१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o९:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

समितिमा पुग्यो नेपाल विश्वविद्यालय विधेयक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:४६:oo

नेपाल विश्वविद्यालय विधेयक, २०८० दफावार छलफलका लागि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुगेको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले दफावार छलफलका लागि सम्बन्धित समितिमा विधेयक पठाउन प्रस्ताव गरेका थिए । बहुमतले पारित भएपछि विधेयक समितिमा पुगेको हो ।

यसअघि १८ असारमा राष्ट्रिय सभाबाट पारित भएर सन्देशसहित विधेयक प्रतिनिधिसभामा आएकोे थियो । अब विधेयकमा बाँकी गृहकार्य समितिले गर्नेछ । हाल नेपालमा १७ विश्वविद्यालय छन् । भएकै विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिन र दक्ष जनशक्ति उत्पादन गर्न नसकेको गुनासो आइरहेका वेला सरकारले नयाँ विश्वविद्यालय जन्माउन कानुनी प्रक्रिया अघि बढाएपछि कतिपयले आलोचना गरेका छन् ।

तर, नेपाल विश्वविद्यालय सञ्चालनका लागि बनाइएको पूर्वाधार विकास तयारी समितिका अध्यक्ष वरिष्ठ चिकित्सक अर्जुन कार्की यसको अवधारणा नै फरक रहेको बताउँछन् । कार्कीसँगै समिति सदस्य सूर्यराज आचार्यलगायतको टिमले यसको सञ्चालनबारे पूर्वाधारको तयारी गरिरहेको छ । 

ad
ad