मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ ६ बुधबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ६ बुधबार १८:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शाहीको प्रश्न– ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई हिरासतमा राखेर किन अनुसन्धान नगरेको ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ६ बुधबार १८:१७:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूलाई हिरासतमा राखेर अनुसन्धान नगरे सडक आन्दोलनमा जाने बताएका छन्।

निर्दोष जनतालाई जेलमा कोच्ने तर पूर्वप्रधानमन्त्रीहरूलाई भने हिरासत जानै नपर्ने दुई खालको कानुन लागू गरिए आफूहरूलाई सैह्य नहुने उनको चेतावनी छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईप्रति लक्षित गर्दै यस्तो बताएका हुन्।

‘ठूूल्ठूला नेतालाई कानुन नै नलाग्ने, उनीहरू प्रहरीको हिरासतमा जाँदै नजाने। जनतालाई चाहिँ गल्ती नगरे पनि कान समाएर जेल हाल्ने । यो कानुन तपाईंले लेख्नुभयो भने सैह्य हुन्छ ? अब संसदमा होइन, सडकमा आन्दोलन हुन्छ । पूर्वप्रधानमन्त्रीलाई, ठालुहरूलाई पक्राउ गरेर हिरासतमा राखेर किन अनुसन्धान नगरेको ? यसको जवाफ दिनुपर्छ । आज यसरी देशलाई दुईवटा कानुनमा पार्न पाइँदैन,’ उनले भने।