१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
मुख्य समाचार डिजिटल संस्करण

राज्यका निकायबाट भइरहेकाे छानबिन बीचमै नरोकियोस् : देवेन्द्र पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४६:oo

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सुन तस्करी प्रकरणमा सिआइबीले गरिरहेको छानबिन बीचमा रोकिन नहुनेमा जोड दिएका छन्।

शीर्ष दलहरूबीच भएको उच्चस्तरीय आयोग गठनको विषयलाई स्वागत गर्दै उनले कानुनअनुसार स्थापित निकायको छानबिनमा हस्तक्षेप हुन नहुनेमा जोड दिएका हुन्।

करिब एक महिनापछि चलेको प्रतिनिधिसभा बैठकमा बोल्दै पौडेलले शीर्ष दलका नेताहरूको बैठक बसिरहँदा सरकारले गरिरहेको अनुसन्धान ओझेलमा पर्ने हुन् कि भन्ने गम्भीर चिन्ता नागरिकमा देखिएको बताए। आयोग गठन भएपछि प्रतिवेदनदेखि प्रतिवेदनसम्म पुगेर अनुसन्धान अल्झन नहुनेमा उनको जोड थियो।

‘गाडीचाहिँ सीप भएको मान्छेले मात्रै चलाउन सक्छ। बीचैमा प्रक्रिया रोकेर कसैले हाइज्याक गर्‍याे र सीप नभएको मान्छेले गाडी लियो भने एक्सिडेन्टबाहेक हामीले अर्को नियति भोग्दैनौँ,’ पौडेलले भने।