१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ ७ सोमबार o८:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बच्चा बिक्री गर्ने डाक्टरसहित ६ पक्राउ

निःसन्तानदम्पतीलाई शिशु बिक्री गर्न गिरोह नै सक्रिय रहेको आशंकामा प्रहरीले थाल्यो अनुसन्धान

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o८:३९:oo

प्रसूति गराउन आएकाहरूबाट जन्मिएका नवजात शिशु अस्पतालबाटै निःसन्तानदम्पतीहरूलाई बिक्री गर्ने गरिएको घटना सार्वजनिक भएको छ । अविवाहित जोडीको सम्बन्धबाट जन्मिएको शिशु (छोरी) निःसन्तानदम्पतीलाई बिक्री गरेको आरोपमा डा. तपेश्वरलाल कर्ण पक्राउ परेसँगै यस्तो खुलासा भएको हो । कोसी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कर्ण मात्र नभई यस्तो कार्यमा गिरोह नै लागेको आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । 

अनुसन्धानको क्रममा प्रहरीले मंगलबारै डा. कर्णसहित ६ जनालाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा डा. कर्ण, भोजपुरको हतुवागढी गाउँपालिका– ४ का २७ वर्षीय गोविन्द राई, विराटनगर महानगरपालिका– ९ बस्ने ग्रिनक्रस अस्पतालकी कर्मचारी ३३ वर्षीया सुधा राजवंशी, मोरङ कटहरी गाउँपालिका– २ की ४६ वर्षीया दिलमाया राजवंशी र ३० वर्षीय सुर्यनारायण राजवंशी तथा सिराहा कल्याणपुर नगरपालिका– १२ की ३८ वर्षीया निर्मला यादव छन् । 

कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रहिसकेका ६८ वर्षीय डा. कर्णले प्रसूति गराएका महिलाहरूलाई आर्थिक प्रलोभन दिई उनीहरूबाट जन्मिएका नवजात शिशु निःसन्तानदम्पतीहरूलाई बिक्री गर्ने गरेको प्रहरीको दाबी छ । यसबारे मोरङ प्रहरीले औपचारिक धारणा भने सार्वजनिक गरेको छैन । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार डा. कर्ण लामो समयदेखि यस कार्यमा संलग्न रहेको प्रमाण फेला परिसेको छ । प्रहरीले डा. कर्णसँग अन्य चिकित्सकहरू पनि जोडिएको हुन सक्ने अनुमानसहित अनुसन्धान गरिरहेको छ । 

डा. कर्णले कोसी अस्पतालबाट सेवानिवृत्त भएपछि विराटनगरको रंगेली रोडमा दीपेश मेडिकल नामको क्लिनिक सञ्चालन गर्दै आएका छन् । भोजपुरकी एक कुमारी आमाले रंगेली रोडमै रहेको ग्रिनक्रस अस्पतालमा १३ असारमा जन्माएको नवजात शिशु बिक्री गरेको आरोपमा डा. कर्ण हाल प्रहरी हिरासतमा छन् । कुमारी आमाले नै आफूले जन्माएको शिशु गायब बनाएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले डा. कर्णलाई पक्राउ गरेको हो । भोजपुर कुमारी आमासँग सम्बन्धमा रहेका भोजपुरको हतुवागढी गाउँपालिका– ४ घर भएका २७ वर्षीय गोविन्द राईलाई पनि प्रहरीले पक्राउ गरेको छ । दुवैमाथि बच्चा बेपत्ता बनाएको आरोप छ । ती कुमारी आमाले राईसँगकै सम्बन्धमा गर्भाधारण गरेकी हुन् । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी दीपक पोखरेलले पक्राउ परेकाहरूलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको जानकारी दिए । उनले अपराधमा गिरोह नै लागेको हुन सक्ने भएकाले अनुसन्धान भइरहेको बताए । पीडित युवतीका अनुसार डा. कर्णकै सल्लाहमा उनी प्रसूतिका लागि ग्रिनक्रम अस्पतामा भर्ना भएकी थिइन् । उनले ‘नर्मल डेलिभरी’मार्फत छोरीलाई जन्म दिइकी थिइन् । तर, सन्तान भने घर लान पाइनन् । उनलाई अस्पतालले प्रेमीको रोहवरमा बच्चाविना नै डिस्चार्ज गरेर पठाइदिएको थियो । त्यसपछि युवतीले आफूले जन्माएको सन्तान खोजी गर्न माग गर्दै विवाह गर्छु भनेर धोका दिने प्रेमी राई र प्रसूति गराउने डा. कर्णविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । 

युवतीका अनुसार प्रेमी राईले लामो समयदेखि उनीसँग प्रेम सम्बन्ध राख्दै आएका थिए । र, विवाह गर्छु भनेर यौनसम्बन्ध राखेका थिए । गर्भवती भएपछि ललाइफकाइ विराटनगरस्थित डा. कर्णको क्लिनिकमा ल्याएका थिए । ग्रिनक्रस अस्पतालले भने प्रसूतिपछि थप उपचारका लागि युवतीलाई डिस्चार्ज गरेको, तर बच्चा कसले कहाँ लग्यो भन्ने जानकारी नभएको बताएको छ । 

ad
ad