Skip This
सडक निर्माणमा भ्रष्टाचार गर्ने दुई इन्जिनियरलाई सजाय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ५ मंगलबार
  • Saturday, 27 July, 2024
शिल्पा कर्ण काठमाडौं
२o८o भदौ ५ मंगलबार २o:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सडक निर्माणमा भ्रष्टाचार गर्ने दुई इन्जिनियरलाई सजाय

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ५ मंगलबार २o:o५:oo

विशेष अदालतले सडक निर्माणमा भ्रष्टाचार गरेको ठहर गर्दै दुईजना इन्जिनियरलाई सजाय सुनाएको छ। एक वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचजनालाई प्रतिवादी बनाई मुद्दा दायर गरेकोमा दुईजनामाथि कसुर कायम भएको हो। तीनजनाले भने सफाइ पाएका छन्। 

रुपन्देहीको ओमसतिया गाउँपालिकामा कार्यरत इन्जिनियर लवकुश चाई र सबइन्जिनियर सन्तोष भुसाललाई भ्रष्टाचार मुद्दामा दोषी कायम गर्दै विशेषले मंगलबार सजाय सुनाएको हो। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल र सडक ढलान गर्ने उपभोक्ता समितिका अध्यक्ष गजराज यादव र सचिव धर्मराज खरबिन्दलाई पनि प्रतिवादी बनाइएकोमा उनीहरूले सफाइ पाएका छन्। 

गाउँपालिकाको वडा नं. ४ मटेरिया गाउँको मुख्य सडकमा पिसिसी गर्ने कार्यमा लागत अनुमान अनुसारको मोटाइमा ढलान नगरी कम मोटाइमा ढलान गरेको भेटिएको थियो। तर, नापी किताब र बिलमा भने समग्र पिसिसी परिमाणमा भन्दा बढी उल्लेख थियो। 

यस क्रममा दुई लाख ६१ हजार आठ सय ५५ रुपैयाँ भ्रष्टाचार भएको भन्दै १४ असार ०७९ मा विशेष अदालतमा मुद्दा दायर भएको थियो। विशेषले उक्त रकमबराबर नै भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै त्यसलाई बिगो रकम कायम गरेको छ। 

विशेषका अनुसार दुवै इन्जिनियरलाई तीन–तीन महिना कैद सजाय सुनाइएको छ। यसैगरी, बिगो रकम उनीहरूबाट असुलउपर हुनेछ। फैसलामा बिगो रकमको दामासाहीले हुन आउने एक लाख ३० हजारभन्दा बढी रकम जनही जरिवाना तिराउने उल्लेख छ।