Skip This
नवनियुक्त ८० अधिकृतलाई स्थानीय तहमा पदस्थापन, हल हुँदै निमित्तको समस्या (सरूवा सूचीसहित)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवनियुक्त ८० अधिकृतलाई स्थानीय तहमा पदस्थापन, हल हुँदै निमित्तको समस्या (सरूवा सूचीसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o९:oo

लोकसेवा आयोगबाट भर्खरै नियुक्ति पाएका ८० शाखा अधिकृतहरूलाई स्थानीय तहहरूमा पदस्थापन गरिएको छ। उनीहरूलाई प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति दिएर पठाइएको हो। यससँगै स्थानीय तहमा निमित्तको समस्या हल हुने अवस्थामा पुगेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दाबी गरेको छ।

मन्त्रालयले सोमबार अधिकृतहरूलाई विभिन्न स्थानीय तहमा पदस्थापन गर्ने निर्णय गरेको हो। खाली रहेका तथा निमित्तले धानेका स्थानीय तहहरूमा मन्त्रालयले ती अधिकृतहरूलाई पदस्थापन गरेर खटाएको छ।

मन्त्रालयका स्थानीय तह कर्मचारी प्रशासन शाखाका उपसचिव खिलराज राईले लोक सेवा आयोगबाट नवनियुक्त शाखा अधिकृतलाई योग्यताक्रमका आधारमा दरबन्दीबमोजिम स्थानीय तहमा पठाइएको बताए। ‘आयोगको योग्यताक्रमलाई ६० प्रतिशत र स्टाफ कलेजको ६ महिने तालिमलाई ४० प्रतिशत मानेर एकमुष्ट योग्यताक्रम निर्धारण गरिएको थियो,’ उनले नयाँ पत्रिकासँग भने, ‘त्यसैका आधारमा रिक्त रहेका स्थानीय तहहरूमा उहाँहरूको पदस्थापन गरिएको हो।’

स्थानीय तहको निमित्तको समस्या हल गर्ने सम्बन्धमा यसअघि मन्त्रालयले गठन गरेको सरुवा व्यवस्थापन कार्यदलको सिफारिसबमोजिम रिक्त र निमित्तले धानेका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाइएको उपसचिव राईले बताए।

यससँगै स्थानीय तहमा निमित्तको समस्या हल हुने अवस्थामा पुगेको उनले बताए। ‘अब पाँच प्रतिशत वा त्यसभन्दा कममा मात्र निमित्त छन्,’ उनले भने, ‘यो पनि अब क्रमशः कम गर्दै लाने हो।’