१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
शिल्पा कर्ण काठमाडौं
Invalid date format २o:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अवैध सुन चोरी-पैठारी र हातहतियार मुद्दाका दुई अभियुक्त सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:५५:oo

अवैध सुन चोरी–पैठारी र हातहतियार मुद्दाका दुई अभियुक्तहरू सम्पत्ति शुद्धीकरण मुद्दामा पनि दोषी ठहर भएका छन्। आइतबार विशेषले यस मुद्दाका दुई प्रतिवादीलाई सजाय सुनाएको छ भने फूलनाज बेगमले सफाइ पाएकी छिन्। 

श्रीकान्त पौडेल र शालिग्राम कोइरालाको इजलासले यस्तो फैसला गरेको हो। विशेषका अनुसार तीनजना प्रतिवादीले मिलेमतो गरी अवैध च्यानलको प्रयोगबाट अवैध चोरी पैठारी गरेको ठहर भएको छ। 

विशेषका अनुसार निलेस एल सखिया भनिने निलेस लवजीभाइ सखिया र राजु मुन्ना खान सदरुल अन्सारीलाई दुई दुई वर्ष कैद सजाय सुनाएको छ। उनीहरूले अवैध चोरी पैठारीबाट आर्जन गरेको ५८ लाख ६५ हजार रुपैयाँ नेपाल भित्र्याएको तथा उक्त रकम सम्पत्ति शुद्धीकरण गर्ने प्रयोजनका लागि सुनचाँदी खरिद गरेको ठहर विशेषको छ। यस कार्यमा प्रयोग भएको बा. ६च ५५१९ नम्बरको गाडीधनी फूलनाजलाई सफाइ दिइएको छ। 

उनीहरूले सम्पत्ति शुद्धीकरण गरेको रकमबराबर सखिया र अन्सारीलाई बिगो कायम भएको छ भने त्यसको दोब्बर रकम जरिवाना हुने फैसला भएको छ। 

गत वर्ष सुन्धारामा भेटिएको सुनको जलप लगाइएको १४ किलो सुन तथा पेस्तोलसँग यी दुवैजना जोडिएका हुन्। उनीहरूविरुद्ध हातहतियार तथा खरखजाना, सुनचाँदी चोरी पैठारी, डाँका र संगठित अपराध मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर भएपछि सम्पत्ति शुद्धीकरण पनि छानबिन सुरु भएको थियो।