१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३ आइतबार
  • Friday, 09 May, 2025
तस्बिरहरू : एएफपी
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ३ आइतबार १९:४२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

स्पेन नयाँ च्याम्पियन, इंग्ल्यान्ड १ - ० ले निराश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ३ आइतबार १९:४२:oo

रोमाञ्चक खेलमा इंग्ल्यान्डलाई १–० ले पन्छाउँदै स्पेन फिफा महिला विश्वकपको नयाँ विजेता बनेको छ। 

सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा आज भएको फाइनल भेटमा कप्तान ओल्गा कारमोनाले २९औँ मिनेटमा गरेको स्तरीय गोलले नै स्पेनलाई नयाँ च्याम्पियन बनाएको हो। 

महिला विश्वकपमा स्पेन पाँचौँ च्याम्पियन राष्ट्र बनेको हो। यसअघि अमेरिकाले चार, जर्मनीले दुई तथा जापान र नर्वेले समान एक–एकपटक उपाधि जितेका छन्।

स्पेनको मिडफिल्ड र रक्षापंक्ति तोड्न नसक्दा आकर्षक र प्रतिस्पर्धी फुटबल खेलेर पनि इंग्ल्यान्ड उपाधि उचाल्नबाट वञ्चित रह्यो। १६औँ मिनेटमा लौरेन हेम्पको कडा प्रहार क्रसबारमा लानु नै इंग्ल्यान्डका लागि दुर्भाग्य साबित भयो। 

खेलमा १–० ले पछि परेपछि पनि लगातार आक्रमणको प्रयास गरेको इंग्ल्यान्डले स्पेनको डिबक्समा खासै तनाव दिन सकेन। उता, ६९औँ मिनेटमा पेनाल्टीको अवसर पाए पनि स्पेन अग्रता दोब्बर पार्ने अवसरबाट चुक्यो। 

इंग्ल्यान्डकी गोलरक्षक मारी अर्पसले स्पेनकी जेनिफर हर्माेसोकले दायाँतर्फ प्रहार गरेको पेनाल्टी किकलाई उत्कृष्ट ढंगले बचाउ गरिन्। त्यसअघि र त्यसपछि पनि स्पेनका केही सशक्त प्रहारमा मारीले उत्कृष्ट बचाउ गरिन्।