मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असोज २ बिहीबार o७:५३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दीपेन्द्रको अलराउन्डर वरीयता खस्कियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असोज २ बिहीबार o७:५३:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० आई अलराउन्डर वरीयतामा चौथो स्थानमा पुगेका छन् । आइसिसीले बुधबार सार्वजनिक गरेको अलराउन्डर वरीयताको तेस्रो स्थानमा जिम्बावेका सिकन्दर राजा उक्लिएका छन् । उनले दीपेन्द्रलाई विस्थापित गरेका हुन् ।

नेपालले तीन महिनादेखि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । जिम्बावेले अहिले नामिबियासँग शृंखला खेलिरहेको छ । राजाले गरिरहेको प्रदर्शनले उनको वरीयता बढेको हो ।

राजाको २१० रेटिङ र दीपेन्द्रको २०९ रेटिङ छ । अलराउन्डर वरीयताको शीर्ष स्थानमा भारतका हार्दिक पान्ड्या यथावत् छन् । पाँचौँमा वेस्ट इन्डिजका रोस्टन चेज छन् ।