मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ ३ आइतबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ३ आइतबार १६:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सांसद शर्माले असंसदीय शब्द प्रयोग नगरेकाले रेकर्डबाट हटाउनुपर्दैन : कांग्रेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ३ आइतबार १६:३४:oo

सत्तारूढ दल कांग्रेसले पार्टी सांसद डा. सुनील शर्माले साउन २९ गतेको प्रतिनिधिसभाको बैठकमा प्रयोग गरेको शब्द असंसदीय नभएको भन्दै संसद् रेकर्डबाट हटाउनु नपर्ने बताएको छ। 

आइतबार सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउन पार्टीका प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएको बैठकपछि बोल्दै कांग्रेस सचेतक सुशीला थिङले डा. शर्माले असंसदीय शब्द प्रयोग नगरेकाले संसद्को रेकर्डबाट हटाउनु नपर्ने पक्षमा कांग्रेस रहेको बताएकी हुन्।
 
उनले नेकपा एमालेले पनि सांसद शर्माले राखेको अभिव्यक्ति असंसदीय नभएकाले हटाउनु नपर्ने बताएको जानकारी दिइन्। उनले सांसद शर्माले सरकारले आतंककारीहरूको नेतृत्व गर्दै हुनुहुन्छ कि डेमोक्रेटिक सरकारको नेतृत्व गर्दैै हुनुहुन्छ ? भन्ने प्रश्न मात्र गरेको बताइन्। 

उनले भनिन्, ‘हामी सबैले सदन अवरुद्ध भइरहेको छ, डा. सुनील शर्माले बोलेको विषय रेकर्डबाट हटाउनुपर्ने हो कि होइन ? त्यो लिगल हो कि होइन भन्ने कुरामा छलफल गरेको छौँ। शर्माले यो सरकारले आतंककारीहरूको नेतृत्व गर्दै हुनुहुन्छ कि डेमोक्रेटिक सरकारको नेतृत्व गर्दै हुनुहुन्छ भन्ने प्रश्न रहेछ। त्यसैले त्यो कुरा संसदीय मर्यादाभित्र रहेर बोल्नुभएको जस्तो लाग्यो, नेपाली कांग्रेसको सचेतक भएकाले हटाउनुपर्छ भन्ने पक्षमा छैन। माओवादीले आज कुनै कुरा राखेन।’

सचेतक थिङले बैठकमा उच्चस्तरीय संयन्त्र गठन नगरेसम्म संसद् अघि बढ्न नसक्ने कुरा प्रमुख प्रतिपक्षले राखेको बताइन्।