१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३ आइतबार
  • Friday, 09 May, 2025
२o८o भदौ ३ आइतबार १५:३४:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानमा यात्रुवाहक बसमा आगो लाग्दा २० को मृत्यु, १५ घाइते

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ३ आइतबार १५:३४:oo

पाकिस्तानको पञ्जाबमा यात्रीबसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ। 

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको हाफिजाबाद जिल्लामा आज बिहान यात्रुवाहक एउटा बसले इन्धन बोकेको अर्को गाडीलाई ठक्कर दिँदा यात्रीबासमा आगो सल्केको थियो। 

फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहान सबेरै भएको उक्त दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेहरूलाई स्थानीय अस्पताल पुर्‍याएका थिए। उद्धार सेवाका अधिकारीका अनुसार बसमा करिब ४० यात्रु सवार थिए।

दुर्घटनाग्रस्त बस देशको दक्षिणी बन्दरगाह सहर कराँचीबाट संघीय राजधानी इस्लामावादतर्फ गइरहेको थियो। दुवै सवारीसाधनका चालक दुर्घटनामा मारिएका छन्। 

अघिल्लो साता पञ्जाब प्रान्तमा भएका दुई हजार आठ सय ९३ वटा शृंखलाबद्ध सडक दुर्घटनामा २६ जनाले ज्यान गुमाएका थिए भने तीन हजार एक सय ११ जना घाइते भएका थिए। 

आपतकालीन सेवा विभागका अनुसार ९९ जनाको टाउको गम्भीर चोट लागेको, एक एसय ८७ जनाका शरीरका विभिन्न भाग भाँचिएका, आठ सय ५० जना घाइते अस्पताल भर्ना भएका थिए। आठ सय ९१ जना घाइते भने सामान्य उपचारपछि घर फर्केका छन्। 
    
यसैबीच, पाकिस्तानको उत्तरी बजिरिस्तानको गुल्मिर कोट क्षेत्रमा भएको बम विस्फोटमा ११ जना मजदुरको मृत्यु भएको छ भने दुईजना घाइते भएका एआरवाई न्युजले जनाएको छ। मजदुर चढेको एउटा भ्यानमा बम विस्फाेट हुँदा उक्त हताहती भएको सुरक्षा अधिकारीहरूले बताएका छन् । विस्फाेटसम्बन्धी विस्तृत विवरण आउन बाँकी छ।

अघिल्लो साता बजिरिस्तानको बाजौरमा भएको ठूलो आत्मघाती विस्फाेट भएको थियो। चुनावी सभामा सहभागी हुन गएकाहरूलाई लक्ष्य  गरी गराइएको उक्त विस्फाेटमा २३ जना बालबालिकासहित ६३ जनाको मृत्यु भएको थियो। इस्लामिक स्टेट समूहले गराएको उक्त आक्रमणमा दुई सयभन्दा बढी घाइते भएका थिए।