१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका ओखलढुंगा
Invalid date format १६:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाल यौनदुर्व्यवहार मुद्दामा प्रधानाध्यापकलाई नौ महिना कैद सजाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ओखलढुंगा
नयाँ पत्रिका
Invalid date format १६:५२:oo

ओखलढुंगामा बाल यौनदुर्व्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजायको भएको छ। 

जिल्लाको मोलुङ गाउँपालिका– २ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले नौ महिना कैद सजाय तोकेको हो।

दुई छात्रालाई यौनदुर्व्यवहार गरेको कसुरमा धमलाविरुद्ध दायर मुद्दामा जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको इजलासले आफूले पढाएका बालिकालाई यौनदुर्व्यवहार गर्ने धमलालाई नौ महिना कैद सजायसहित रु. ५० हजार क्षतिपूर्ति र रु. २० हजार जरिवाना असुलउपर गर्नुपर्ने फैसला गरेकाे स्रेस्तेदार विनोदकुमार घिमिरेले बताए। 

गत चैत ३ गते बालिकाका आफन्तले प्रधानाध्यापकविरुद्ध प्रहरीमा बाल यौनदुर्व्यवहारको आरोपमा जाहेरी गरेपछि प्रहरीले पक्राउ गरी जिल्ला अदालतको आदेशबमोजिम साधारण तारेखमा छोडिएको थियो।

साधारण तारेखमा छुटेपछि विद्यालयको नियमित काममा फर्किएका धमलाविरुद्ध गत साउन २९ गते सो सजाय सुनाएको थियो। रासस