१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस वीरगञ्ज
Invalid date format १६:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उच्चस्तरीय छानबिन आयोग गठन गर्न तयार भए गतिरोध अन्त्य हुन्छ : शंकर पोखरेल

Read Time : < 1 मिनेट
रासस, वीरगञ्ज
नयाँ पत्रिका
Invalid date format १६:३५:oo

एमालेका महासचिव शंकर पोखरेलले सुन तस्करी प्रकरणलगायतका भ्रष्टाचारमा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकार तयार भए सदनको गतिरोध अन्त्य हुने बताएका छन्।

प्रेस चौतारी पर्साले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सुन तस्करी प्रकरणलगायतका विषयमा छानबिनका लागि आयोग गठन गर्न सत्तापक्ष तयार नहुँदा सदनको अवरोध जारी रहेको बताए। ‘हामीले कुनै जटिल वा अप्ठ्यारो माग राखेका छैनौँ,’ उनले भने, ‘उच्चस्तरीय छानबिन आयोग बनाउन भनेका हौँ, प्रतिपक्षको सामान्य कुरासमेत सुन्न नचाहेकाले यस्तो परिस्थिति सिर्जना भएको छ।’

राज्यका सुरक्षा निकायप्रति आफूहरूको कुनै आशंका नरहेको उल्लेख गर्दै महासचिव पोखरेल सुन तस्करी प्रकरणमा सत्तापक्षकै कतिपय ठूला नेताहरू मुछिएकाले घटनाको स्वच्छ र निष्पक्ष छानबिन हुनेमा आशंका उब्जिएकाले उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरिएको दाबी गरे।

दोषी नछुटोस् र निर्दोष नफसोस् भन्ने आफ्नो पार्टीको मान्यता रहेको बताउँदै उनले ठूलो मात्रामा भित्रिएको सुनबारे सरकारले स्वच्छ, निष्पक्ष छानबिन गर्न दिनुपर्नेमा जोड दिए।

संसदमा प्रतिपक्षका कुरा सुन्नै नचाहने, बोल्नै नदिने र कुरा उठाउनसमेत बन्देज लगाउनेजस्ता कार्य गरिरहेकाले संसद् अवरुद्ध गर्नुपरेको बताउँदै उनले सत्तापक्षले प्रतिपक्षलाई अदृश्य रूपमा घेराबन्दीमा पार्दै आएको आरोप लगाए।