Skip This
ट्रम्पविरुद्धकाे मुद्दा हेरेकी न्यायाधीशलाई हत्याको धम्की दिने महिला पक्राउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १६:५२:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

ट्रम्पविरुद्धकाे मुद्दा हेरेकी न्यायाधीशलाई हत्याको धम्की दिने महिला पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५२:oo

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनावलाई उल्टाउने षड्यन्त्र गरेको मुद्दाको सुनुवाइ गर्ने समितिको अध्यक्षता गरिरहेकी न्यायाधीशलाई हत्याको धम्की दिएकी टेक्सासकी एक महिला पक्राउ परेकी छिन्।

यही अगस्ट ५ मा अबिगेल जो श्रीले संघीय न्यायाधीश तान्या चुटकनको वासिंगटन  कार्यालयमा उनलाई हत्या गर्ने फोन सन्देश छोडेको अभियोगमा गृह मन्त्रालयअन्तर्गतका सुरक्षा निकायले उनलाई आज पक्राउ गरेका हुन्।  त्यहाँकाे ‘डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको एजेन्ट’ले दायर गरेको उजुरीका आधारमा जो श्रीलाई पक्राउ गरिएको हो।

टेक्सासको एल्विननिवासी ४३ वर्षीया जो श्रीले अश्वेत न्यायाधीश चुटकनलाई पठाएको रंगभेदयुक्त सन्देशमा भनेकी छिन्,  ‘मूर्ख काली ! तिमी दास हौ। तिमी हाम्रो निगरानीमा छौ, हामी तिम्रो हत्या गर्न चाहन्छौँ।’ 

दक्षिणी टेक्सासको संघीय जिल्ला अदालतमा श्रीलेविरुद्ध दायर गरिएको मुद्दामा ‘यदि ट्रम्प २०२४ मा निर्वाचित भएनन् भने हामी तिमीलाई मार्नेछौँ, त्यसैले सावधान रहनू,’ चुटकनको परिवार पनि आक्रमणको निशाना रहेको सन्देशमा उल्लेख गरिएको जनाइएको छ।

श्रीले टेक्सासकी अश्वेत सांसद शिला ज्याक्सन लीको नाम दिएर ट्रम्पलाई सताउने जोकोहीलाई मार्ने धम्की दिँदै आएकी छिन्। आजै उनलाई अदालतमा पेस गर्न आदेश दिइएको छ। 

७७ वर्षीय ट्रम्प ०२४ को चुनावमा रिपब्लिकन पार्टीको अग्रपंक्तिमा छन्। यद्यपि, उनको ह्वाइटहाउसतर्फ दोस्रो यात्रा त्यति सहज भने देखिएको छैन। उनीमाथि चारवटा आपराधिक मुद्दा लागेको छ। 

जमैकामा जन्मेकी न्यायाधीश चुटकनलाई पूर्वडेमोक्रेटिक राष्ट्रपति बराक ओबामाले नियुक्त गरेका हुन्। उनको नियुक्तिलाई सिनेटले सर्वसम्मतिले अनुमोदन गरेको थियो।

दुई वर्ष पहिले अमेरिकी संसदमा आफ्ना समर्थकलाई परिचालन गरी अघिल्लो वर्षको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी डेमोक्रयाट उम्मेदवार जो बाइडेन पराजित भएको र आफूले चुनाव जितेको भन्दै पद हस्तान्तरण गर्न अस्वीकार गरेको तथा त्यहाँ आक्रमण गराएको मुद्दाको न्यायाधीश चुटकन नेतृत्वको टोलीले सुनुवाइ गर्दै छ। 

राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको ६४ दिनपछि सन् २०२१ को जनवरी ६ मा संसदमा ट्रम्प समर्थककाे भिडले आक्रमण गर्दा सातजनाको ज्यान गएको थियो। उक्त घटनामा संसद्का सुरक्षा कर्मचारी, वासिंगटन महानगर प्रहरी र स्थानीय निकायका एक सय ५० जना अधिकारी घाइते भएका थिए।