१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एसिया यु–२० रग्बी सेभेन्स यादगार बनाउने नेपालको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४९:oo

नेपालले घरेलु मैदानमा आयोजना हुन लागेको एसिया यु–२० रग्बी सेभेन्समा उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेको छ।भदौ १ गतेदेखि काठमाठौंमा महिला र पुरुषको एसिया यु–२० रग्बी सेभेन्स सुरु हुँदैछ।

उक्त प्रतियोगिताका लागि पछिल्लो ढेड महिनादेखि तयारी गरिरहेको नेपालका दुवै टोलीले उपाधि जित्ने लक्ष्यका साथ तयारीलाई तिब्रता दिइरहेका छन्। यही आयोजनालाई लक्षित गरेर नेपालका दुवै युवा टोलीले पोखरामा ४५ दिनको बन्द प्रशिक्षण पनि गरेका थिए।

खेल आयोजना नजिकिएपछि काठमाडौं फर्किएर नेपाली टोलीले पछिल्लो तीन दिनदेखि दशरथ रंगशालामा अभ्यास गरिरहेका छन्। श्रीलंका र क्यानडामा दशकभन्दा बढी समय प्रशिक्षण गरिसकेका अनुभवी प्रशिक्षक सन विजेसिंघले नेपालका दुवै टोलीलाई यसै प्रतियोगिताका लागि तयार गरिरहेका छन्।

पुरुषतर्फ नेपाल समूह ‘बी’मा छ। प्रतियोगिताकै बलियो टोलीका रूपमा हेरिएको हङकङसहित यस समूहमा भारत र मलेसिया छन्। यो समूहमा विजेता बन्दै उपाधिको दाबेदारका रूपमा आफूलाई उभ्याउने लक्ष्य नेपालको छ। त्यसका लागि नेपाली खेलाडीले राम्रो तयारी पनि गरिरहेका छन्।

महिलातर्फ भने राउण्ड रोविन लिगमा खेल हुनेछ। चार राष्ट्र सहभागी लिगको शीर्ष दुईमा रहँदै नेपाली महिला टोलीले पनि फाइनलमा पुग्ने लक्ष्य लिएको छ। महिलातर्फ २२ प्रारम्भिक टोलीको पोखरामा ढेड महिनाको प्रशिक्षणबाट १५ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो।

पुरुषतर्फ पनि २९ सदस्यीय प्रारम्भिक टोलीबाट १६ सदस्यीय नेपाली टोलीले प्रतियोगितामा चुनौति प्रश्तुत गर्दैछ। पुरुषतर्फ पूर्वराष्ट्रिय खेलाडी विराट ऐडी र महिलामा साबित्री पूर्जाले श्रीलंकाली प्रशिक्षक विजेसिंघेको प्रशिक्षण टोलीमा साथ दिँदै आएका छन्।

श्रीलंकाली प्रशिक्षक विजेसिंघेले प्रतियोगिताका तयारीका लागि संघले आवश्यक पक्षमा राम्रो काम गरेको र सोही अनुरूप खेलाडीले पनि मेहनत गरेकाले सुखद् नतिजा ल्याउने विश्वास व्यक्त गरे।