मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o श्रावण ३० मंगलबार
  • Thursday, 27 August, 2026
२o८o श्रावण ३० मंगलबार १२:१५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानमा बम विस्फोट हुँदा तीनजनाको मृत्यु, सात घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ३० मंगलबार १२:१५:oo

पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तको खोस्ट सहरमा सोमबार भएको विस्फोटमा परी तीनजनाको मृत्यु भएको छ।

सोमबार भएको विस्फोटमा तीनजनाको मृत्यु हुनुका साथै अन्य सातजना घाइते भएका खोस्ट प्रान्तका अधिकारीहरूले जनाएका छन्। विस्फोट क्षेत्रमा अहिले प्रहरीले घेराबन्दी गरी अनुसन्धान गरिरहेको बताइएको छ।

पाकिस्तानको बजिरिस्तान क्षेत्रबाट फर्किएका केही शरणार्थी र खोस्टका बासिन्दा रहेको एक होटेलमा बम विस्फोट भएको थियो। अहिले घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। सिन्ह्वा/न्युज एजेन्सी नेपाल