१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १२:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बनेपामा मोटरसाइकल र ट्रक ठाेक्किँदा एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:१३:oo

काभ्रेको बनेपा नगरपालिका– १३ स्थित अरनिको राजमार्गअन्तर्गत भैँसेपाटीमा मोटरसाइकल र ट्रक ठोक्किँदा मोटरसाइकलचालकको मृत्यु भएकाे छ।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार बनेपाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३४ प ११६७ नम्बरको  मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बा. प्र ०३–००१ ख १५८६ नम्बरको १० चक्के ट्रकको  मुनि छिर्दा धुलिखेल– १ का २१ वर्षीय अभिषेक  न्यौपानेको मृत्यु भएको हो।

प्रहरीले जनाएअनुसार दुर्घटनामा गम्भीर घाइते भएका न्यौपानेको उपचारका लागि धुलिखेल अस्पताल पठाइएकोमा मृत्यु भएको हो। मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट सवार ट्रकमुनि मोटरसाइकल छिर्दा मोटरसाइकलचालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना भएको मोटरसाइकल र ट्रक इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ। ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। 

ad
ad