१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
डा. शम्भुप्रसाद आचार्य
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार o९:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

डब्लुएचओ दक्षिणपूर्वी एसिया निर्देशकमा नेपालको उम्मेदवारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o९:५४:oo

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिणपूर्वी एसिया निर्देशकका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । नेपालले जेनेभास्थित वरिष्ठ जनस्वास्थ्यविज्ञ डा. शम्भुप्रसाद आचार्यलाई निर्देशकका लागि उम्मेदवारी दिएको छ । आचार्य विश्व स्वास्थ्य संगठनका देशगत रणनीति तथा सहायतासम्बन्धी विभागमा निर्देशकका रूपमा कार्यरत छन् । 

यसका मतदाता मुलुकहरू नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, श्रीलंका, इन्डोनेसिया, थाइल्यान्ड, पूर्वी टिमोर, म्यानमार र उत्तर कोरिया हुन् । परराष्ट्र मन्त्रालयले ७ साउनमा संयुक्त राष्ट्रसंघ मुख्यालयलाई आचार्यको उम्मेदवारीबारे जानकारी दिएको छ । बंगलादेशबाट साइमा बाजेद हुसैनको उम्मेदवारी परेको छ । साइमा बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाकी छोरी हुन् । 

दक्षिपूर्वी एसिया निर्देशक निर्वाचित पद हो, जसको कार्यकाल पाँच वर्षको हुनेछ । सन् ०२३ को अन्तिममा यो पदका लागि निर्वाचन हुनेछ । दक्षिणपूर्वी एसियाको स्वास्थ्य प्राथमिकता निर्धारण, बजेट तथा रणनीतिक मामिलामा निर्देशकको निर्णायक भूमिका छ । नेपाल सरकारले सम्बन्धित मतदाता मुलुकलाई आचार्यको पक्षमा सहयोग गर्न र मत दिन कूटनीतिक च्यानलबाट चिठी पठाएको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मतदाता मुलुकका सबै समकक्षीलाई चिठी लेखेर नेपालका उम्मेदवारलाई सहयोग र समर्थन गर्न आग्रह गरिसकेका छन् । परराष्ट्र मन्त्रालयले पनि सम्बन्धित मतदाता मुलुकहरूलाई चिठी लेखेर नेपालका उम्मेदवारका पक्षमा मत दिन आग्रह गरेको छ । 

आचार्यको पक्षमा कूटनीतिक प्रयास
जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोगले आचार्यको पक्षमा माहोल बनाउन समन्वय गरिरहेको परराष्ट्रले जनाएको छ । परराष्ट्रले भारत र भुटानसँग समन्वय गर्न नयाँदिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ । इन्डोनेसियासँग समन्वयका लागि बंगलादेशको ढाकामा रहेको नेपाली दूतावास, नेपालका लागि उत्तर कोरियाको दूतावासलाई समन्वय भएको परराष्ट्रले जनाएको छ । म्यानमारले नेपाललाई सहयोग गर्ने वचन दिइसकेको छ । श्रीलंकास्थित नेपाली दूतावास, बैंककस्थित नेपाली दूतावास तथा जेनेभास्थित राष्ट्रसंघीय मिसनले पूर्वी टिमोरसँग समन्वय गरिरहेको छ । उम्मेदवार बनेका आचार्यले आफूले जिते देशको सेवाका लागि र यो क्षेत्रको जनताको स्वास्थ्य सुधारका लागि सक्दो प्रयास गर्ने बताएका छन् । विश्वको एकचौथाई जनसंख्याको बसोवास रहेको दक्षिणपूर्वी एसियाका जनताको स्वास्थ्य सुधार आफ्नो मुख्य प्राथमिकतामा रहने उनको भनाइ छ ।

‘एकजना अनुभवी अन्तर्राष्ट्रिय स्वास्थ्य कूटनीतिज्ञका रूपमा मेरो प्रयास यो क्षेत्रका सबै नागरिकलाई स्वास्थ्यसम्म पहुँच स्थापित गर्नुपर्छ भन्नेमा छ र हुनेछ,’ आचार्यले नयाँ पत्रिकासँग भने, ‘सांगठनिक नेता र जनस्वास्थ्यविज्ञका रूपमा मैले तीन दशकको अनुभव हासिल गरेको छु । मैले ग्रामीण नेपालका विभिन्न समुदाय र जिल्लामा आर्जन गरेको तथा राष्ट्रिय, क्षेत्रीय वैश्विक रूपमा हासिल गरेको अनुभव यो क्षेत्रका लागि समर्पित गर्नेछु ।’

ad
ad