१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १५:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सुनील शर्माको शब्द संसद्काे रेकर्डबाट हटाउन माओवादीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १५:o९:oo

माओवादी केन्द्रका सांसदले नेपाली कांग्रेसका सांसद सुनील शर्माले प्रयाेग गरेकाे शब्द संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।

शर्माले गृहमन्त्री र प्रधानमन्त्रीले आतंककारीहरूको सरकारको नेतृत्व गरेको भनेपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका हुन्। सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै शर्माले गृहमन्त्री र प्रधानमन्त्रीले आतंककारीहरूको सरकारको नेतृत्व गरेको भन्दै गम्भीर आरोप लगाएका थिए।

उनले भने, ‘यो मुलुकका सुन तस्करहरूको नाइके अथवा त्यसमा संलग्न अथवा नैतिक रूपमा संलग्न मान्छेहरूको जब यो सदनमा राजीनामा मागेँ, तब मलाई गिरफ्तार गर्ने काम गरियो। यो देशको गृहमन्त्री र प्रधानमन्त्री आतंककारीहरूको सरकारको नेतृत्व गर्दै हुनुहुन्छ कि डेमोक्रेटिक सरकारको नेतृत्व गर्दै हुनुहुन्छ ?’

शर्माले यस्ताे आराेप लगाएलगत्तै माओवादी प्रमुख सचेतक पाण्डेले नियमापत्ति जनाए। ‘यो सदनमा आतंककारी भनिएको छ। संविधानअनुसार सदन चलिरहेको छ। यतिखेर एउटा माननीयले प्रधानमन्त्रीलाई आतंककारी भन्ने कुरा कसरी आउँछ ? यो रेकर्डबाट हटाइनुपर्छ र कारबाही गरिनुपर्छ,’ उनले भने।

ad
ad