१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १५:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सांसद शर्मासहित नक्कली प्रमाणपत्रधारी चिकित्सकमाथि लिखत किर्ते मुद्दा चल्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:४४:oo

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी एमबिबिएस पढेको अभियोगमा पक्राउ परेका चिकित्सकहरूलाई प्रहरीले लिखत किर्ते मुद्दामा कारबाही अघि बढाएको छ। 

आठजना पक्राउ परेकोमा ६ जनालाई लिखत किर्ते मुद्दामा अनुसन्धानका लागि थुनामा राख्न केन्द्रीय अनुसन्धान ब्युरोले अदालतमा पेस गरेको छ। 

नेपाली कांग्रेसका सांसदसमेत रहेका डा‍. सुनील शर्मासहित आठजनालाई सिआइबीले बिहीबार र शुक्रबार गरी पक्राउ गरेको हो। 

शुक्रबार ६ जनालाई मात्र अदालत उपस्थित गर्न भ्याइएको सिआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। 

यस्ता अपराधमा विगतमा प्रहरीले ठगी मुद्दा चलाएको थियो। जसमा पीडितको जाहेरी नहुँदा सबैजसोले सफाइ पाएका थिए।

ad
ad