१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १o:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

रावा बैंक र नलगाड नगरपालिकाबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:४३:oo

 राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र जाजरकोट जिल्लाको नलगाड नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नलगाड नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर रावतले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार नगरपालिकाले आफ्नो क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने जनाइएको छ । यसरी तालिमप्राप्त व्यक्तिलाई कर्जाका लागि बैंकमा सिफारिस गर्ने त्यस्ता उद्यमीहरूलाई बैंकले नियमानुसार सहुलियतपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्ने उल्लेख छ । 

बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौताले कर्णाली प्रदेशमा बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा लगानी गरेको बताए । नलगाड नगरपालिकाका नगर प्रमुख रावतले नगर क्षेत्र कृषिको पकेट क्षेत्र भएकाले कृषि उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कर्णाली प्रदेशका पूर्वमन्त्री गणेशप्रसाद सिंहले बैंकको सहुुलियतपूर्ण कर्जाले जनताको जीवनस्तर उकास्ने बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अवलम्बन गरेको सहुलियतपूर्ण कर्जा प्रवाहको पृष्ठभूमिका बारेमा बताउँदै उत्पादन, रोजगारी र आय सिर्जना गरी आर्थिक विकासमा योगदान पु¥याइरहेको उल्लेख गरे ।  

बैंकले हाल ७७ वटै जिल्लाका सदरमुकामसहित दुई सय ८२ शाखा, ६५ एक्सटेन्सन काउन्टर, दुई सय ६९ एटिएम र ९९ वटा शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ । 

ad
ad