१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १९:५६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सुडानमा ६ गुप्तचर अधिकारी मारिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:५६:oo

सुडानको राजधानी खार्तुमको उत्तरमा रहेको ओमदुरमान सहरमा सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको भिडन्तमा ६ सुडानी गुप्तचर अधिकारीको मृत्यु भएको छ। 

ओमदुरमानमा सुडानी सेना र आरएसएफबीच झडप भएको हो। झडपमा उत्कृष्ट गुप्तचर अधिकारीले ज्यान गुमाएका रक्षा मन्त्रालयले जनाएको छ। बुधबार पनि उक्त सहरमा हिंसात्मक झडप जारी रहेको प्रत्यक्षदर्शीले बताएका छन्। मंगलबार दुवै पक्षले धेरैजना विपक्षीलाई मारेको तथा घाइते बनाएको दाबी गरेका थिए। 

यसैबीच, सुडान डाक्टर सिन्डिकेटले बुधबार एक विज्ञप्ति जारी गर्दै ओमदुरमान र करारी क्षेत्रमा व्यापक बमबारी भएको र धेरैले ज्यान गुमाएका र अन्य कयौँ घाइते भएका जनाएको छ। अल–थवरा क्षेत्रको अलनाब अस्पताललाई शल्यक्रियाकर्मी र आपतकालीन आपूर्तिका सामग्रीका साथै सबै समूहको रगतको आवश्यकता परेको बताएको छ। 

सुडानी स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार गत अप्रिल १५ देखि राजधानी खार्तुम र अन्य क्षेत्रमा सुडानी सेना र आरएसएफबीचको संघर्षमा तीन हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ६ हजारभन्दा बढी घाइते भएका छन्।