१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १३:३१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महोत्तरीमा बाढीले दर्जनभन्दा बढी स्थानमा क्षति, डुबानकाे उच्च जोखिममा जलेश्वर [तस्बिरसहित] 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३१:oo

दुई दिनदेखिको निरन्तर वर्षाले महोत्तरीको सदरमुकाम जलेश्वर डुबानको उच्च जोखिममा परेको छ। नजिककै रहेका मडई, रतवारा र रातु नदीमा आएको बाढीले सदरमुकामलगायत आसपासका क्षेत्र डुबानको उच्च जाेखिममा परेका हुन्। 

मंगलबार रातु नदीको सीमाक्षेत्र पालिका, बस्ती र तटीय क्षेत्र अनुगमन गरेको जिल्ला विपत् व्यवस्थापन समितिले जिल्लाभर उच्च सतर्कता राख्न अपिल गर्दै अत्यावश्यक सरसामान तयारी अवस्थामा राख्न आग्रह गरेको छ। 

रातु नदीमा आएको बाढीले बर्दिबासको वडा नं. ३, ६, १४, भंगहा नगरपालिकाको केही वडा, बल्वा नगरपालिकाको वडा नं. ११, १, ४, महोत्तरी गाउँपालिकाको वडा नं. ३ लगायतमा दर्जनभन्दा बढी स्थानमा तटबन्ध भत्काएको छ। 

बाढीले महोत्तरी गाउँपालिकाको रतवारा र मडईमा केही स्थानमा तटबन्ध टुटेर खेतहरूमा बाढी प्रवेश गरेको छ। यता, बलवा नगरपालिका– १ बन्चौरीस्थित रातुपुलको पूर्वपट्टी करिब सय मिटर तटबन्ध कटान गरी बाढी बस्तीमा पसेको छ। पूर्वतर्फ रहेका भगवानपुर, भ्रमरपुरालगायतको बस्ती डुबानको उच्च जोखिममा परेको छ। 

यस्तै, बलवा नगरपालिकाकै तिलगढमा समेत तटबन्ध कटान हुँदा केही घर डुबानमा परेका छन्। बलवा नगरपालिका– ११ को  भगवतीपुरको मुसहर बस्ती डुबानमा परेको छ। 

निरन्तरको वर्षाले नदीको जलस्तर बढ्ने क्रम जारी छ। समितिले बाढीले प्रभावित हुन सक्ने सबै स्थानीय तहलाई उच्च सतर्कता अपनाउन र स्थानीय विपत् व्यवस्थापन समितिलाई तयारी अवस्थामा राख्न आग्रह गरेको छ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसमेत तयारी अवस्थामा रहेको र आवश्यक पर्ने स्थानहरूमा पुगेर केही व्यक्तिको रेस्क्युसमेत गरिसकेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले जानकारी दिए। 

यता महोत्तरीको सोनमा गाउँपालिका– १ निवासी तस्लिम अन्सारीका ३८ वर्षीय छोरा जाबिर अन्सारीको नदी तर्ने क्रममा बगेर मृत्यु भएको छ। उनको शव सीमापारि भारतीय क्षेत्रमा रहेको मझौरामा फेला परेको हो।