१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २४ बुधबार
  • Friday, 09 May, 2025
२o८o श्रावण २४ बुधबार १o:४९:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

डढेलोले तहसनहस युरोपको पर्यटन तंग्रिएला ?

डढेलो प्रकृतिका लागि हानिकारक त छ नै, यसले जनजीविका पनि तहसनहस बनाउँछ, जसको असर अर्थतन्त्रमा पनि पर्छ 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २४ बुधबार १o:४९:oo

ग्रिसको रोड्स आइल्यान्डमा सल्किएको आगो (डढेलो)ले विकराल रूप लियो । आगोबाट बच्न पर्यटक भाग्दै हिँडिरहेका तस्बिर तथा भिडियोले युरोपेली मिडियामा राम्रै चर्चा बटुल्यो । यही चर्चाको बीचमा भूमध्यसागरीय क्षेत्र गर्मीछुट्टीका लागि लोकप्रिय गन्तव्य बन्ला या नबन्ला भन्ने प्रश्न उठ्न थालेको छ । 

भविष्यमा लूजस्तो मौसमी घटना युरोपमा धेरैधन्दा धेरै बढ्न सक्ने वैज्ञानिकको अनुमान छ । विश्व मौसम संगठनका अनुसार भूमध्यसागरआसपासको क्षेत्र तीव्र रूपमा तात्न थालेको छ । चर्को घामले सुक्खा बनेको जमिनमा झन् डढेलो फैलिएको छ । 

अप्रिलमा स्पेनमा अत्यधिक तापक्रम मापन गरिएको थियो । ग्रिसमा जुलाईमा चलेको लू देशकै मौसमी इतिहासमा सबैभन्दा लामो अवधि चलेको लू मानिएको छ । युनानमा जुलाईमा मात्रै ५० हजार हेक्टरभन्दा बढी जमिन डढेलोको चपेटमा आएको छ । यो क्षेत्र जर्मनीको राजधानी बर्लिनको आकारभन्दा थोरै मात्र कम हो । युरोपियन फरेस्ट फायर इन्फर्मेसन सिस्टम (इएफएफआइएस) को तथ्यांकअनुसार स्पेनमा अप्रिलको सुरुवातमै डढेलो सल्किएको थियो । नियन्त्रणबाहिर गएको उक्त डढेलोले ठूलो क्षतिसमेत पुर्‍याएको थियो । 

सन् २०२२ भरिमा युरोपेली संघभित्र मोन्टेनेग्रो देशको करिब आठ लाख हेक्टर इलाका डढेलोले ध्वस्त बनायो । युरोपेली संघमा मानवीय सहयोग र संकट व्यवस्थापन आयुक्त यानेस लेनारचिकले जनवरीमा उक्त डढेलोले कम्तीमा पनि दुई अर्ब युरोबराबरको क्षति भएको बताएका थिए । 

जिडिपीमा आउन सक्छ गिरावट :  कैयौँ दिनसम्म भड्किएको डढेलो प्रकृतिका लागि हानिकार त छ नै, यसले जनजीविका पनि तहसनहस बनाउँछ । जसले गर्दा अर्थतन्त्रमा संकट देखा पर्छ । बर्मिङ्घम युनिभर्सिटीमा मौसमी चरमता र डढेलोको दुष्प्रभावबारे शोध गरिरहेकी सारा मायरा जहाँ आगो सल्किन्छ, त्यहाँ कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पनि गिरावट आउने बताउँछिन् । ‘पर्यटन क्षेत्रमा रोजगारको तथ्यांकले देखाउँछ कि डढेलोको घटनापछि कमै मात्र मानिस रोजगारी पाउन सक्षम हुन्छन्,’ मायरा भन्छिन् । 

जर्मनीमा कार उद्योगझैँ ग्रिसमा पर्यटन उद्योग महत्वपूर्ण छ । युनानको करिब २० प्रतिशत आर्थिक उत्पादन पर्यटनसँग जोडिन्छ । स्पेन र इटालीमा यो क्रमशः १२ र नौ प्रतिशत छ ।

२७ सदस्यीय देशसहितको युरोपेली संघ (इयू)मा डढेलोबाट प्रभावित देशले ब्रसेल्स (इयूको राजधानी) मा सहयोगका लागि आवेदन दिन सक्ने व्यवस्था छ । युनानमा आगलागी हुँदा बाहिरी देशबाट पाँच सयभन्दा बढी दमकल आगो नियन्त्रणका लागि बोलाइएको थियो । यसमा इयूले आगो निभाउन सहयोग गर्ने नौवटा अतिरिक्त विमान पनि उपलब्ध गराएको थियो । यी सबै सुविधा इयूले विपद् राहत प्रणालीमार्फत उपलब्ध गराउँदै आएको छ । यसबाहेक इयू सोलिडारिटी फन्ड (ऐक्यबद्धता कोष)मार्फत पनि पुनर्निर्माणका लागि आर्थिक सहायता पाउन सकिन्छ । तर यसका लागि युरोपेली संसद्को अनुमति आवश्यक पर्छ । 

आगलागी र पर्यटन :  जर्मनीमा कार उद्योग महत्वपूर्ण भएझैँ ग्रिसमा पर्यटन उद्योग महत्वपूर्ण छ । युनानको करिब २० प्रतिशत आर्थिक उत्पादन पर्यटनसँग जोडिन्छ । स्पेन र इटालीमा यो क्रमशः १२ र नौ प्रतिशत छ । तर, दक्षिणी युरोपका पर्यटकीय स्थलले आगामी दिनमा गर्मी र डढेलोले गर्दा आफ्नो आकर्षण गुमाउन सक्छन् । अन्तर्राष्ट्रिय रेटिंग्स एजेन्सी मुडिजको हालसालैको प्रतिवेदनअनुसार गर्मी र आगलागीका घटना भएमा अर्थतन्त्रमा हानि पुग्नेछ । 

जर्मनीको हार्स युनिभर्सिटीमा पर्यटन शोध संस्थानका निर्देशक हेराल्ड साइज भन्छन्, ‘गर्मी, खडेरी र डढेलोको आशंका गरिएको छ । तर, भूमध्यसागरीय क्षेत्रमा पर्यटन रातारात ध्वस्त हुँदैन ।’ पर्यटनको मौसममा परिवर्तनको आशा रहेको साइजको भनाइ छ । उनका अनुसार भूमध्यसागरीय क्षेत्रमा गर्मीको सट्टा वसन्त या जाडो बिदा मनाउन पर्यटक आउन सक्छन् । 

पयर्टन बचाउने नयाँ तरिका :  आगामी दिनमा डढेलो नियन्त्रण गर्न नयाँ तौरतरिका खोज्नुपर्ने ग्लोबल फायर मनिटरिङ सेन्टरका निर्देशक योहान गोल्डामर सुझाउँछन् । बढ्दो सहरीकरणले अधिकांश जमिन बाँझै रहन्छ । जसले गर्दा जलवायु परिवर्तनसँगै खडेरी र लू पनि चल्न सक्छ । यसले जमिनमा थप प्रहार गर्छ र त्यसबाट आगो निस्कने निश्चितजस्तै हुन्छ । 

सन् २०२१ मा ग्रिक द्वीप इयुबोइआमा भीषण आगलागी भयो । उक्त आगलागीपछि गोल्डामरले एउटा प्रस्ताव युनानी सरकारसमक्ष पेस गरे । उक्त प्रस्तावमा लामो अवधिसम्म भूउपयोगको अवधारणा र डढेलो नियन्त्रण गर्ने उपाय थिए । ‘केवल दमकल क्षमता बढाएर मात्रै हुँदैन,’ गोल्डामर भन्छन्, ‘बरु रोकथामका अन्य उपाय पनि खोज्नुपर्ने हुन्छ ।’ 

पोर्चुगलमा सन् २०१७ मा डढेलो लाग्यो । त्यसपछि उसले ठोस उपाय अवलम्बन गर्‍यो । आगोलाई थप फैलिन नदिन पोर्चुगल सरकारले युकेलिप्टसका बिरुवा पुनः रोप्न प्रतिबन्ध लगायो । कारण युकेलिप्टसका बोटबिरुवामा छिटै आगो सल्किन्छ । इएफएफआइएसका तथ्यांकअनुसार स्पेन र इटालीमा झैँ पोर्चुगलले भीषण डढेलोको सामना गरेको छैन ।