१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुन तस्करी प्रकरणमा राज्यले गरेको छानबिनलाई सहयोग गरौँ : सांसद पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१९:oo

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सुन तस्करी प्रकरणमा सरकारले छानबिन गरिरहेको भन्दै छानबिन निष्कर्षमा नपुगुन्जेल अर्को छानबिन समिति आवश्यक नभएको बताएका छन्। 

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले सुन तस्करी प्रकरणमा सरकारले गरेको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन दिन प्रतिपक्षी दलहरूलाई आग्रह गरेका हुन्। 

सरकारले गरेको छानबिनलाई निष्कर्षमा नपुर्‍याउँदै अर्को समिति बनाउँदा जारी छानबिनमाथि नै प्रश्न उठ्ने उनको तर्क थियो। छानबिन गर्ने सरकारी निकाय कुनै दल विशेषको नहुने भन्दै उनीहरूलाई आफ्नो काम गर्न दिनुपर्ने उनको भनाइ थियो। 

आफूहरू संसदीय छानबिन समितिको विरोधी नभएको स्पष्ट पार्दै सांसद पौडेलले सरकारको छानबिन जारी रहेकाले अर्को समिति आवश्यक नभएको उल्लेख गरे।