१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रौतहटको गढीमाईमा बागमतीको बाढीमा डुबेर एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५७:oo

रौतहटको गढीमाई नगरपालिका–२ खेतमा काम गरेर फर्किने बागमतीमा आएको बाढीमा डुबेर एकजनाको मृत्यु भएको छ।

गढीमाई नगरपालिका–२ का ६५ वर्षीय सहिद रायभाट बागमती नदी पारि सर्लाही बरहथवा नगरपालिका–४ स्थित खेतमा काम गरेर फर्किने क्रममा आज दिउँसो करिब १२ बजेतिर नदी पार गर्नेक्रममा डुबेका थिए।

रायभाटलाई डुबिरहेको अवस्थामा स्थानीयले उद्धार गरी उपचारको लागि चन्द्रपुर अस्पतालमा ल्याएका थिए। अस्पताल ल्याउनसाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको रौतहट प्रहरीका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए। 

यस्तै, मंगलबार बिहान भैँसी चराउन गोठाला गएका राजपुर नपा ३ फतुवा महेशपुरका तीनजना युवक लालबकैया नदीको बगरमा फसेका थिए। उनीहरूलाई सुरक्षाकर्मीहरूले उद्धार गरेका छन्।  

परोहा नगरपालिका ४ पोखरिया स्थित लालबकैया नदीमा फसेका चारजना गोठालाको बोटसहित सुरक्षाकर्मीकाे टाेलीले सकुसल उद्धार गरेकाे एसपी बुढामगरले बताए।