१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उच्चस्तरीय छानबिन समितिकाे विषयमा सत्तारूढ दलले ‘डबल स्ट्यान्डर्ड’ देखाए : योगेश भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२९:oo

नेकपा एमालेका सांसद योगेश भट्टराईले सत्तारूढ दलहरूले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन्। संसदीय समितिबाट उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय गरेर संसदमा त्यसबाट पछि हटेको भन्दै उनले यस्तो बताएका हुन्। 

लामो समयपछि मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले भने, ‘लेखा समितिको बैठकले यो सुनकाण्डको विषयमा नेपाल सरकारलाई उच्चस्तरीय छानबिन समिति गठन गर्न गम्भीर ध्यानाकर्षण गरेको छ। सार्वजनिक लेखा समितिमा नेपाली कांग्रेस छ, माओवादी केन्द्र छ, त्यहाँ नेकपा एमाले छ, राप्रपा छ, रास्वपा छ, सबै दलहरू छन्। त्यहाँ हामी उच्चस्तरीय छानबिन समिति बनाउनका लागि एक मतले पास गर्छौँ। तर, यो संसदको फुलहाउसमा त्यो हुँदैन भन्छौँ भने यो डबल स्ट्यान्डर्ड किन ?’

सार्वजनिक कार्यक्रमहरूमा सुशासनको कुरा गर्ने गृहमन्त्रीले आफ्नै टेबुलअगाडिका फाइललाई बेवास्ता गर्दा एमाले सशंकित भएको सांसद भट्टराईको भनाइ छ। उनले भने, ‘गृहमन्त्रीजीले पछिल्ला दिनमा अत्यन्तै राम्रो सार्वजनिक मन्तव्य दिँदै हुनुहुन्थ्यो– सुशासनको बारेमा, भ्रष्टाचार नियन्त्रणको बारेमा र सबैलाई कानुनी कारबाहीमा ल्याउने प्रतिबद्धता उहाँले जनाउनुभएको थियो, त्यसप्रति हामीलाई विश्वास थियो। तर, उहाँकै अगाडिको टेबुलमा भएको फाइल उहाँले कहीँ पनि त्यसको निम्ति निर्देशन नदिँदा हामीलाई थप शंका लागेर आएको छ।’