१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २३ मंगलबार
  • Friday, 09 May, 2025
२o८o श्रावण २३ मंगलबार o६:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

इंग्ल्यान्ड र अस्ट्रेलिया विश्वकपको क्वार्टरफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २३ मंगलबार o६:३६:oo

इंग्ल्यान्ड र आयोजक अस्ट्रेलिया फिफा महिला विश्वकप २०२३ को क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । अस्ट्रेलियाको ब्रिसबेनमा सोमबार इंग्ल्यान्डले नाइजेरियालाई टाइब्रेकरमा ४–२ ले हराउँदै अन्तिम आठको स्थान पक्का गरेको हो । निर्धारित समय र अतिरिक्त समयमा इंग्ल्यान्ड र नाइजेरियाले गोलरहित बराबरी खेलेका थिए । त्यसपछि खेलको छिनोफानो टाइब्रेकरबाट भएको हो । 

इंग्ल्यान्डकी स्टनवेको पहिलो प्रहार आउट भएको थियो । त्यसपछि इंग्ल्यान्डका चार खेलाडी पेनाल्टीमा सफल भए । नाइजेरियाका लागि पहिलो पेनाल्टी हानेकी डिजायरको प्रहार आउट भएको थियो । दोस्रो पेनाल्टी हानेकी नाइजेरियाकी एलेजीले असफल प्रहार गर्दा इंग्ल्यान्डलाई फाइदा भयो । नाइजेरियाले पछिल्ला दुई पेनाल्टी सदुपयोग गरे पनि जितका लागि पर्याप्त हुन सकेन । खेलको ८७औँ मिनेटमा इंग्ल्यान्ड १० खेलाडीम सीमित भएको थियो । नाइजेरियाकी एलेजीमाथि फल गरेपछि लाउरेन जेम्सलाई रातो कार्ड देखाइएको थियो । 

उनलाई रातो कार्ड दिनुअघि भारमार्फत निर्णय गरिएको थियो । इंग्ल्यान्डले अन्तिम आठमा कोलम्बिया वा जमैकासँग प्रतिस्पर्धा गर्नेछ । अर्को खेलमा घरेलु टोली अस्ट्रेलियाले डेनमार्कलाई २–० ले हरायो ।घरेलु टोलीका कैटलिन फुर्ड र हेली रासोले गोल गरेका थिए । फुर्डले खेलको २९औँ मिनेटमा अस्ट्रेलियालाई १–० को अग्रता दिलाइन् । खेलको ७०औँ मिनेटमा रासोले २–० का लागि गोल गरिन् । अस्ट्रेलिया २४ वर्षपछि विश्वकप जित्ने पहिलो अयोजक राष्ट्र बन्ने प्रयासमा छ ।