१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
तस्बिर : एपी ।
२o८१ जेठ २ बुधबार १९:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

सहआयोजक अस्ट्रेलिया अन्तिम आठमा, प्रि-क्वार्टरफाइनलमा डेनमार्क २-० ले पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १९:५९:oo

प्रि–क्वार्टरफाइनलमा डेनमार्क २-० गोलले हराउँदै सहआयोजक अस्ट्रेलियाले फिफा महिला विश्वकप- २०२३ को अन्तिम आठमा स्थान बनाएको छ। 

सिड्नीमा आज सम्पन्न खेलमा केटलिन फुर्ड र हेले रासोको गोलको मद्दतमा अस्ट्रेलियाले सहजै क्वार्टरफाइनलको यात्रा तय गरेको हो। पहिलो हाफको २९औँ मिनेटमा फुर्डले अस्ट्रेलियालाई अग्रता दिलाएकी थिइन्। 

यस्तै, ७०औँ मिनेटमा रासोले बललाई जाली चुमाउँदै अस्ट्रेलियाको अन्तिम आठ यात्रा मजबुद बनाएकी थिइन्। महिला विश्वकपको इतिहासमा क्वार्टरफाइनलभन्दा अघि बढ्न नसकेको अस्ट्रेलिया यसपटक आगामी १२ अगस्टमा हुने खेल जित्दै अन्तिम चारमा पुग्ने लक्ष्यमा हुनेछ। 

त्यस दिन उसले फ्रान्स र मोरक्कोबीचको विजेतासँग भिड्नेछ। यी दुईबीच भोलि प्रि-क्वार्टरफाइनल खेल हुँदै छ। (समाचार र तस्बिर एजेन्सीकाे सहयाेगमा)

ad
ad