१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार ११:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:१o:oo

- योगले शरीरलाई स्वस्थ राख्छ । तर, योग गर्नेले अनुशासनमा बस्न जरुरी छ । निश्चित विधि पालना गरेर योग गर्दा अधिक लाभ लिन सकिन्छ । 
- गुरुको निर्देशनअनुसार योगाभ्यास सुरु गर्नुस् । आफैँ जथाभावी योग गर्दा राम्रो नतिजा नआउन सक्छ । 
- सूर्योदय र सूर्यास्तको समय योग गर्नका लागि सही समय हो । 
- योग गर्नुभन्दा अघि स्नान गर्नु राम्रो हुन्छ । 
- योग गर्नुभन्दा दुई घन्टाअघि केही पनि खानुहुँदैन । खाली पेटमा योग गर्दा राम्रो हुन्छ । 
- आरामदायक सुतीको कपडा लगाउनुस् । 
- योग गर्नुअघि मनलाई स्वच्छ राख्नुस्, खराब कुरालाई दिमागबाट निकाल्नुस् । 
- शान्त वातावरण र सफा ठाउँमा योग अभ्यास गर्नुस् । 
- धैर्य र दृढतापूर्वक योगाभ्यास गर्नुस् । 
- कुनै स्वास्थ्य समस्या छ भने चिकित्सकसँग परामर्श गरेर मात्रै योग गर्न थाल्नुस् । 
- यदि योग गर्दा समस्या देखियो भने अभ्यास रोक्नुस् । 
- योगाभ्यासको अन्त्यमा सधैँ शवासन गर्नुस् । 

काममा तनाव व्यवस्थापन यसरी
- कार्यालयमा हुने कर्मचारीको तनाव व्यवस्थापनका लागि सेमिनार वा वर्कसपजस्ता क्रियाकलाप गरिराख्नुपर्छ ।
- कार्यालयमा रिफ्रेसमेन्ट ब्रेकको समय छुट्याउने । 
- तनावको वातावरण सिर्जना हुनासाथ गहिरो श्वास लिने र केही समयपछि छोड्ने । यस्तो क्रियाकलाप दोहोर्‍याइरहने ।
- मनमा तनावका कुरा खेल्नासाथ ध्यानलाई अरूतिर मोड्ने ।
- समूहमा काम गर्ने र एकले अर्कालाई सहयोगको बानी विकास गर्ने ।
- कार्यालयको वातावरण शान्तिमैत्री बनाउने ।
- योग, ध्यान, प्राणायामलाई आफ्नो दैनिकीसँग जोड्ने । 
- स्वीकार गर्ने कलाको विकास गर्ने ।
- विश्रामको अभ्यास गर्ने ।

ad
ad