१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार ११:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:o६:oo

मनसुनमा सकेसम्म हलुका र ‘कुल’ ड्रेसअप गर्नु राम्रो हुन्छ ।  ‘फेसनेबल’ बन्ने नाममा शरीरलाई असर पर्ने खालका पहिरन लगाउनुहुँदैन । यसवेला कुनै पनि किसिमको संक्रमण चाँडै फैलिन सक्ने भएकाले सरसफाइ र खानपानमा ध्यान दिन जरुरी हुन्छ । 

कस्तो मेकअप गर्ने ? 
‘वाटरप्रुफ मेकअप’ (पानीले नबिगार्ने) गर्न आवश्यक छ । पानी र पसिनाका कारण नबिग्रिने किसिमले मेकअप गर्नुपर्छ । सकभर ‘हेभी मेकअप’ गर्नुहुँदैन । आँखामा गाजलको सट्टा हल्का आइस्याडो, वाटरप्रुफ वा म्याट मस्कारा लगाउन सकिन्छ । बाहिर निस्कनुभन्दा आधा घन्टाअघि सनब्लक अनिवार्य लगाउनुपर्छ । त्यस्तै, मोस्चराइजरको प्रयोग पनि गर्न सकिन्छ । 

यस्तो हेयर स्टाइल 
लामो कपाल पाल्दा झन्झटिलो हुन सक्छ । लामो समयसम्म बाँधेर हिँड्नुपर्ने भएकाले टुक्रिने डर हुन्छ । त्यसैले लामो कपाल हुनेले बाहिर हिँड्दा हलुकासँग बाँध्ने र घरमा रहँदा खुलै छाड्ने गर्दा राम्रो हुन्छ, जसले आकर्षक लुक्स पनि दिन्छ । 

यस्तो पहिरन र रङ छनोट गर्ने 
यस समय पसिना धेरै बग्छ । त्यस्तै, पानीले पनि भिजाउने गर्छ । त्यसैले कटन, खादी रायोनलगायत हलुकाखाले कपडा लगाउनुपर्छ । यस्ता कपडा लगाउँदा पसिनाको दुष्प्रभावबाट बच्न सकिन्छ । कटनको कपडा चाडैं सुक्छ पनि ।  ‘स्टाइलिस’ देखिने नाममा टाइट कपडा लगाउनु हुँदैन । सेतो, हलुका निलो, पिंक (हलुका रङको), हरियोलगायत कलरले ‘कुल’ देखाउन मद्दत गर्छन् । 

घाममा हिँड्दा छाला डढ्ने भएकाले लामो बाहुला भएका हलुका लुगा लगाउनु ठीक हुन्छ । यस्ता लुगाले ‘ट्रेन्डी’समेत देखिन्छ । महिलाले स्कुटर चलाउँदा फुल स्लिप कपडा लगाउनु राम्रो हुन्छ । गर्मी मौसममा पर्याप्त पानी पिउनुपर्छ, जसले छालामा पनि चमक ल्याउन सहयोग गर्छ । 

ad
ad