१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १८ बिहीबार
  • Friday, 09 May, 2025
गणेश लम्साल विराटनगर
२o८o श्रावण १८ बिहीबार १३:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोसीमा सबैभन्दा धेरै सामाजिक अपराधका घटना, दोस्रोमा आत्महत्या

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o श्रावण १८ बिहीबार १३:२७:oo

कोसी प्रदेशमा अपराधका घटना बढिरहेका छन्। प्रदेश प्रहरीको वार्षिक तथ्यांकअनुसार आर्थिक वर्ष ०७९/८० मा कोसीमा सबैभन्दा धेरै सामाजिक अपराधका घटना दर्ता भएका छन्। सो वर्ष एक हजार ६ सय १२ सामाजिक अपराधका घटना दर्ता भएका छन्।

प्रहरीका अनुसार सामाजिक अपराधअन्तर्गत चोरी, ठगी, हानि–नोक्सानी, कागजात किर्ते, जालसाजी, बहुविवाह, बालविवाह, घरेलु हिंसा, कुटपिट, दाइजो, जातीय विभेद र छुवाछुत, कालोबजारी, मिसावट, जम्माखोरीलगायतका घटनाहरू  पर्दछन्।

कोसीमा सामाजिक अपराधपछि दोस्रो स्थानमा आत्महत्याकाे अपराध रहेको छ। गत वर्ष कोसीमा एक हजार पाँच सय ५० वटा आत्महत्याका घटना भएका छन्। तेस्रो स्थानमा लागुऔषध ओसारपसारको अपराध देखापरेको छ। गत वर्ष कोसी प्रदेशमा सात सय ८९ वटा लागुऔषध ओसारपसार अपराधका घटना दर्ता भएका छन्।

बलात्कारका ५६५ घटना
कोसीमा गत वर्ष पाँच सय ६५ बलात्कारको घटना भएको छ। एक सय १२ महिला तथा बालबालिकामाथि बलात्कार प्रयास भएको छ।

सो वर्ष प्रदेशमा ७८ जनाको हत्या हुँदा ७१ जनाको हत्या प्रयास भएको प्रदेश प्रहरीको तथ्यांक छ। त्यसैगरी, १४ वटा मानव बेचबिखनसम्बन्धी अपराधका घटना दर्ता भएका छन्।

गत वर्ष कोसी प्रदेशमा प्रहरीले पाँच हजार आठ सय १५ केजी गाँजा, दुई केजी ७९ ग्राम ब्राउनसुगर र २७ ग्राम ६८ मिलिग्राम अफिम बरामद गरेको थियो। यसैगरी, प्रतिबन्धित मेडिकल ड्रग्सतर्फ २७ हजार ६ सय १८ चक्की, १० हजार एक सय १५ थान सुई र तीन सय १७ वटा विभिन्न औषधिहरू बरामद गरेको छ। 

प्रहरीको तथ्यांकअनुसार प्रदेशमा आर्थिक वर्ष ०७९/८० मा कुल आठ हजार सात सय १९ वटा अपराधका घटना  दर्ता भएका छन्। दर्ता भएकामध्ये दुई हजार सात सय ७३ वटा घटना मात्र फर्स्याेट भएका छन्।