१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ ३ बिहीबार o७:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

कोसीमा चार सदस्यीय मन्त्रिपरिषद् गठन

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:५२:oo

कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङबाट बुधबारै पद तथा गोपनीयताको शपथ लिएका थापाले कांग्रेस, माओवादी र एकीकृत समाजवादीका एक–एक मन्त्री सम्मिलित मन्त्रिपरिषद् गठन गरेका हुन् । 

मुख्यमन्त्री थापाले मंगलबार सभामुख पदबाट राजीनामा दिएर सरकार गठनमा सघाएका माओवादीका बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी दिएका छन् । यस्तै, कांग्रेसका प्रदीप सुनुवारलाई खानेपानी, सिँचाइ तथा ऊर्जा र एकीकृत समाजवादीका कमलप्रसाद जबेगूलाई भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री नियुक्त गरेका छन् । 

पूर्वमुख्यमन्त्रीबाट शपथग्रहण कार्यक्रम बहिष्कार
निवर्तमान मुख्यमन्त्रीको हैसियत नदिएको भन्दै पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले शपथग्रहण कार्यक्रम बहिष्कार गरेका छन् । नवनियुक्त मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रममा पुगेर पनि उनी बाहिरिएका हुन् । प्रदेश प्रमुखको कार्यालयले आफ्नो लागि निवर्तमान मुख्यमन्त्रीको हैसियतअनुसार अलग्गै कुर्सी नराखेको भन्दै उनी फर्किएका हुन् । 

लगत्तै सामाजिक सञ्जालमार्फत उनले सर्वोच्च अदालतको आदेशअनुसार आफू कामचलाउ मुख्यमन्त्री भए पनि प्रदेश प्रमुखको कार्यालयले संविधान र कानुनको उल्लंघन गर्दै आफूलाई अपमान गरेको प्रतिक्रिया जनाएका छन् । गत १५ असारमा विश्वासको मत गुमाएपछि कार्की मुख्यमन्त्रीबाट बिदा भएका थिए ।

त्यसपछि थापा मुख्यमन्त्रीमा नियुक्त भए पनि २१ साउनमा सर्वोच्च अदालतले उनको नियुक्त बदर गरेको थियो । त्यसपछि कार्कीले आफू कामचलाउ मुख्यमन्त्री रहेको दाबी गरेका थिए । 

ad
ad