१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १९:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नयाँ बसपार्कको जुवाखालमा प्रहरीको छापा, वडाध्यक्षसहित १२ समातिए, १० लाख ८२ हजार नगद बरामद 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १९:५१:oo

काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा छापा हानी प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। उनीहरूबाट १० लाख ८२ हजार पाँच सय नगद बरामद भएको छ। 

आइतबार राति प्रहरी वृत्त महाराजगन्ज र प्रहरी प्रभाग गोंगबुले टोखा नगरपालिका– ९ स्थित सेतीगंगा गेस्ट हाउसको पाँचौँ तलामा छापा हानी जुवा खेलिरहेका व्यक्तिहरूलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–५ का वडाध्यक्ष राम श्रेष्ठसमेत रहेको प्रहरीले जनाएको छ। 

पक्राउ पर्ने अन्यमा बैतडी घर भएका गेस्ट हाउस सञ्चालक राजेन्द्रप्रसाद जोशी, बैतडीकै सूर्य भट्ट, कालोसिंह धामी, राजेन्द्रबहादुर थापा, रोल्पाका सरोज खत्री, दाङका धीरज शाह, कैलालीका जयबहादुर ढुंगेल, दोलखाका करिण थापा र विश्वनाथ कार्की, गोरखाका अर्जुन गुरुङ र काठमाडौंका अंजित रिजाल  छन्। 

पक्राउ परेकाहरूलाई जुवासम्बन्धी कसुरमा सात दिनको म्याद थप भएको महाराजगन्ज वृत्तका डिएसपी अंगुर जिसीले जानकारी दिए। 

ad
ad