१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १५ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १५ सोमबार १७:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुन तस्करीमा सरकार पक्षकै प्रत्यक्ष संलग्नता : महेश बर्तौला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १५ सोमबार १७:१८:oo

नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकार अहिले पनि उच्चस्तरीय छानबिन समिति गठन गर्ने पक्षमा नरहेको बताएका छन्।

सोमबार संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारमै रहेका उच्च व्यक्तित्वहरू पर्ने डरले सरकार उच्चस्तरीय छानबिन समिति गठन गर्ने पक्षमा नरहेको आरोप लगाए।

समृद्धिको प्रत्याभूति गर्नुपर्नेमा सरकार नै अनेकौ सेटिङ गरेर देशलाई बदनाम गर्न लागिरहेको भन्दै बर्तौलाले नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउने, चीनतर्फबाट क्विन्टलका क्विन्टल सुन नेपाल भित्र्याउने र अन्यत्र निर्यात गर्ने गतिविधिमा सरकारको प्रत्यक्ष सहभागिता रहेको आरोपसमेत लगाए।

‘सुन तस्करी प्रकरणमा सरकार पक्षको र सरकार निर्माण गर्ने मूर्धन्य नेताहरूको प्रत्यक्ष संलग्नतामा यी घटनाहरू भएका छन्। एकपछि अर्को तथ्यले प्रमाणहरूलाई स्विकार्दै गएको देखिन्छ। देश निर्माणको नेतृत्व गर्ने सरकार, समृद्धिको प्रत्याभूति गर्नुपर्ने सरकार अनेकौँ सेटिङ गरेर देशलाई बदनाम गर्ने स्थितिको विकास गरिरहेको छ,’ उनले भने।