१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१६औँ योजनामा कृषि क्षेत्रलाई प्राथमिकता दिन्छौँ : उपाध्यक्ष श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४३:oo

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले सोह्रौँ योजना कृषि क्षेत्रलाई प्राथमिकता दिने गरी बनाउने बताएका छन्। 

सोमबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उपाध्यक्ष श्रेष्ठले सोह्रौँ योजनामा कृषि क्षेत्रलाई प्राथमिकता दिने बताएका हुन्। 

त्यसका लागि यस आर्थिक वर्षको बजेटबाट नै तयारी थालिएको बताउँदै उनले यो आर्थिक वर्षको बजेटमा उत्पादन र रोजगारीका विशेष कार्यक्रम घोषणा भएको उल्लेख गर्दै एउटा पालिकामा दुईवटाका दरले कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। 

आगामी वर्षहरूमा देशैभरि कृषि, पशुपक्षीपालन, जडीबुटी, साना घरेलु, लघु र मझौला उद्योगहरूका कार्यक्रमहरूमा जोड दिइने उनको भनाइ थियो। 

त्यस्तै, होटेल, एग्रो, रिसोर्टहरू र सूचना प्रविधिमा आधारित सम्पूर्ण उद्योगहरूलाई नेटवर्किङ गरेर ठूलाठूला कार्यक्रम खोल्ने कार्यक्रमहरू राखिने बताउँदै उनले सामूहिकतालाई जोड दिने गरी अगाडि बढ्नुपर्ने धारणा राखे। कृषिको उत्थान भयो भने उद्योगको पनि उत्थान हुने र अर्थतन्त्रको विकास हुने उपाध्यक्ष श्रेष्ठको भनाइ थियो। 

उनले विकास निर्माणका काम गर्न नीतिगत रूपमा पनि समस्याहरू आउने भन्दै त्यसको समाधान गर्नुपर्ने अवस्था आएको बताए।  उनले राष्ट्रिय योजना आयोगले विकास आयोजनाहरूको अनुगमन गरेर दिएको प्रतिवेदनसमेत कार्यान्वयन नहुने गरेकोप्रति चिन्ता व्यक्त गरे। 
 
उनले राष्ट्रिय योजना आयोगले आयोजना वर्गीकरण र आयोजना बैंकको कार्यविधि ड्राफ्ट गरेर  मन्त्रिपरिषदमा पठाएको र मन्त्रिपरिषदबाट पारित हुने क्रममा रहेको बताए।