Skip This
नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको छ : अध्यक्ष यादव
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १४ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १४ आइतबार १७:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको छ : अध्यक्ष यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १४ आइतबार १७:२४:oo

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताएका छन्। आइतबार समाजवादी मोर्चानिकट विद्यार्थी संगठनहरूले आयोजना गरेको अन्तर्क्रियामा बोल्दै उनले यस्तो बताएका हुन्।

नेपालको शिक्षा क्षेत्र अराजक र बेवारिसे भएको यादवले टिप्पणी गरे। उनले सरकारले लगानी गरेको विद्यालय, क्याम्पस र विश्वविद्यालयहरूमा पढ्ने विद्यार्थी नै पाउन छोडिसकिएको बताए।

‘नेपालमा सबैभन्दा अगाडि ध्वस्त भएको, सबैभन्दा बढी बरबाद भएको, सबैभन्दा बढी अराजक भएको, सबैभन्दा बढी बेवारिसे भएको कुनै क्षेत्र छ भने त्यो शिक्षा क्षेत्र नै छ। चाहे त्रिभुवन विश्वविद्यालयमा जानुस्, अन्त जानुस्। सरकारले लगानी गरेको स्कुलमा जानुस्। सरकारले चलाएको विश्वविद्यालय र क्याम्पसमा हेर्न जाने हो भने अब त विद्यार्थी पाउन पनि छोडिसक्यो,’ उनले भने।

अध्यक्ष यादवले नेपालको संविधानमा समाजवादउन्मुख लेखिएको भए पनि व्यवहार भने विकृत पुँजीवादउन्मुख भएको उल्लेख गरे। सरकारको नीति, कार्यक्रम र बजेट कर्मचारीले बनाउने गरेको भन्दै उनले कर्मचारीले बनाएको नीतिको आधारमा समाजवाद नआउने दाबी गरे।