Skip This
भक्तपुरलाई ‘सडकमानव’मुक्त बनाउने अभियान सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
रासस भक्तपुर
२o८१ बैशाख २८ शुक्रबार १६:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भक्तपुरलाई ‘सडकमानव’मुक्त बनाउने अभियान सुरु

Read Time : > 1 मिनेट
रासस, भक्तपुर
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १६:१९:oo

भक्तपुरलाई ‘सडकमानव’मुक्त बनाउने अभियान सुरु गरिएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरको समन्वयमा जिल्लालाई सडक मानवमुक्त जिल्ला बनाउने सातदिने अभियान सुरु गरिएको हो।

साताव्यापी अभियानमा भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका सार्वजनिकस्थल, मठ, मन्दिरलगायतका क्षेत्रमा अलपत्र अवस्थामा रहेका परिवार एवं घरबारविहीन, अनाथ, असहाय मानवको उद्धार गरी आश्रममा आश्रय दिने र जिल्लालाई सडकमानवमुक्त बनाउने गरी अभियान सञ्चालन गरिएको अभियानकर्मी नवराज काफ्लेले बताए।

अभियानअन्तर्गत पहिलो दिन शनिबार राति पाँचतले मन्दिर क्षेत्रबाट सुरु गरिएको सडकमानव उद्धारमा एक महिला र चार पुरुषसहित पाँचजनाको उद्धार गरिएको जानकारी दिँदै अभियानकर्मी काफ्लेले तीनजनालाई आफ्नो आमसेवा घरमा र दुईजनालाई मानव आश्रम सेवा घरमा राखिएको जानकारी दिए। उद्धार गरिएकाको परिवार हुनेहरूको परिवारसँग पुनर्मिलन गराउने र नहुनेलाई जिल्लामा सञ्चालित विभिन्न आश्रममा आश्रय दिइने उनले बताए।

अभियानमा अभियानकर्मी नरेश रञ्जितले भक्तपुर नगरपालिकाबाट सुरु गरिएको अभियान यही साउन १९ गते रातिसम्म चारवटै नगर क्षेत्रमा सडकमानवको खोजी एवं उद्धार कार्य जारी राख्ने बताए। उनले पाटीमा बस्ने सबै सडक मानवसडक मानव नभएको पाइएको जनाउँदै मठ मन्दिर र पाटीमा बस्ने धेरैजस्ता दिनभर प्लास्टिक तथा कवाडी टिप्ने र राति कोठा भाडा तिर्न नपरोस् भनेर बाहिर सुत्ने गरेको पाइएको बताए।

कतिपयले कोठा भाडामा लिएको तर कोठामा नगईइ पाटी र मठमन्दिरमा बस्ने गरेको पाइएको जनाउँदै उनले त्यस्ता व्यक्तिलाई अबदेखि मन्दिर, पाटीमा नबसी कोठामै गएर बस्न भनिएको उनले बताए। सडकमानवमुक्त बनाउने अभियानमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले सडक मानव आफ्नो टोलमा भए खबर गर्नसमेत आह्वान गरे।

केही दिनअगाडि जिल्ला समन्वय समितिको आयोजनामा सडकमानवमुक्त बनाउने अभियानबारे भएको सरोकारवालाबीचको छलफलमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भक्तपुरमा स्थापना भएका आश्रमले यो अभियान सञ्चालन गर्दै सडकमानवमुक्त बनाउन निर्देशन दिएका थिए। 

सडक मानवको उद्धार गर्ने भनेर संस्था सञ्चालन गर्ने, तर पारदर्शी नहुने, सडकमा रहेका मानवको प्रहरीले उद्धार गरेर आश्रममा पठाउँदा विभिन्न बहाना बनाएर आश्रममा राख्न नमान्ने गरेको पाइएको जनाउँदै उनले त्यस्ता कार्य नगर्न संस्थालाई निर्देशनसमेत दिएका थिए।

जिल्ला प्रहरी परिसर, मानस सेवा घर झौखेल, मानव सेवा आश्रम कौशलटार, आफ्नो वडा नेपाल, गैरसरकारी संस्था महासंघ, लायन्स क्लब, पतञ्जली योग सेवा केन्द्र, वेभ ग्रुप, आफ्नो घर आफ्नो आश्रम, स्वच्छ हावा सञ्जाल, तौमढी युथ क्लबलगायतका संघज्संस्थाको संयुक्त आयोजनामा सातदिने अभियान सुरु गरिएको र पहिलो चरणको अभियान साउन १९ गते राति सम्पन्न गरिने अभियानकर्मी काफ्लेले जानकारी दिए।

ad
ad