१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २९ शनिबार १२:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कोरियन भाषा परीक्षाका लागि आवेदन खुला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १२:१५:oo

वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ।

पानीजहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिन लागिएको इपिएस कोरिया शाखाका प्रमुख तथा निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए।

उनका अनुसार नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारीपत्रअनुरूप रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागि आज सूचनासमेत प्रकाशित गरिएको छ।

कोरियन भाषा परीक्षाका लागि यही साउन २० देखि २४ गतेसम्म आवेदन दिन सकिने र आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने शाखाद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ।

ad
ad