१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १२ शुक्रबार
  • Sunday, 11 May, 2025
२o८o श्रावण १२ शुक्रबार १३:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जन्मकैदका फरार प्रतिवादी पक्राउ गरी कारागार चलान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १२ शुक्रबार १३:५८:oo

कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाइएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतको आदेशअनुसार कारागार चलान गरिएको छ।

सिराहाको मिर्चैया नगरपालिका– ६ का श्रीप्रसाद सलहैताको जाहेरीको आधारमा परेको कर्तव्य ज्यान मुद्दाका प्रतिवादी लहान नगरपालिका– ५ का ३२ वर्षीय गते भनिने अमितकुमार साहलाई लहान प्रहरीले पक्राउ गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। 

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार साहलाई ७ साउनमा लहानबाट पक्राउ गरी भोलिपल्ट सिराहा जिल्ला अदालतमा उपस्थित गराइएपछि अदालतको १० साउनको पत्रअनुसार जन्मकैद सजाय भुक्तानका लागि सिराहा कारागार चलान गरिएको हो। 

सिराहा जिल्ला अदालतमा परेको कर्तव्य ज्यान मुद्दामा ८ भदौ ०७६ को फैसलाअनुसार प्रतिवादी साहले सफाइ पाएपछि थुनामुक्त भएका थिए। 

त्यसलगत्तै जिल्ला सरकारी वकिल कार्यालय सिराहाले उच्च अदालत जनकपुर राजविराजमा पुनरावेदन गरेपछि ५ असार ०८० मा साहलाई जन्मकैदको सजाय फैसला सुनाइएको थियो। आफूविरुद्ध जन्मकैदको फैसला भएको थाहा पाएपछि फरार रहँदै अएका  साहलाई लहानबाट पक्राउ गरी अदालतमा उपस्थित गराएको प्रहरीले जनाएको छ।