१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ८ मंगलबार ११:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार ११:४६:oo

कराँते मार्सलआर्ट विधामा पर्ने खेल हो । यो आत्मरक्षाका लागि पनि खेलिन्छ । सुरुवातमा आत्मरक्षाबाट सुरु भएको यो कलाले बिस्तारै खेलको रूप लिएको हो । अहिले यो खेल ओलम्पिकमा पनि समावेश भएको छ । त्यसकारण यसलाई राष्ट्रको प्रतिष्ठासँग जोडिएको खेल भनिन्छ ।

कराँतेले अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको नाम राख्न महत्वपूर्ण भूमिका निर्वाहसमेत गरेको छ । यसले तपाईंलाई प्रतिबद्ध, अनुशासित र सफल बन्न प्रोत्साहित गर्छ । शारीरिक तथा मानसिक विकासका लागि पनि यो खेल महत्वपूर्ण छ । 

- आत्मरक्षा, आत्मविश्वास र अनुशासन यसको प्रमुख उद्देश्य हो । मार्सलआर्ट खेल्दा रक्तसञ्चार र श्वासप्रश्वासको संयोजन राम्रो हुनाले बौद्धिक विकासमा यसको प्रत्यक्ष प्रभाव रहन्छ । बढ्दो उमेरका बालबालिकाको शारीरिक विकास राम्रो हुन्छ । लचकता बढ्छ । स्मरणशक्ति पनि तेजिलो बनाउँछ । साथै, सामाजिक रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सघाउँछ ।

- कराँते खेल्ने व्यक्तिलाई थकानका कारण निद्रा लाग्छ । अल्छीपन हटाउँछ । युवालाई कुलतबाट जोगाउँछ । उनीहरू स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्छन् र यसैमा ध्यान केन्द्रित गर्छन् । त्यसैले यसलाई सिर्जनात्मक विधा भनिन्छ । 

- गुरु र अग्रजलाई सम्मान गर्ने संस्कार विकास गर्न ठूलो भूमिका खेल्छ । जो मान्छे पहिला आक्रामक हुन्छ, त्यो मान्छे पनि मार्सलआर्ट सिकेपछि क्रमशः अनुशासित हुँदै जान्छ ।

- शारीरिक अभ्यास नगरेका व्यक्तिले भन्दा कसरत गर्नेले पौष्टिक आहारमा ध्यान दिनुपर्ने हुन्छ । खानामा रुचि बढाउँछ । सन्तुलित रूपमा खाने बानीको विकास गराउँछ । समय व्यवस्थापनमा सहयोग गर्छ । शरीरलाई सन्तुलित राख्छ र रोगप्रतिरोधात्मक क्षमताको विकास गराउँछ । 

ट्रेनिङ गर्दा के खाने ?
कराँते प्रशिक्षण गर्नेले पोषणयुक्त आहार खानुपर्ने हुन्छ । प्रोटिन र कार्बोहाइड्रेट भएको खानेकुरामा जोड दिनुपर्छ । सामान्यतया दाल–भात–तरकारी खाइन्छ । तर, चना, अन्डा, गेडागुडीलगायत खानुपर्छ । कराँते खेलमा विपक्षीलाई धेरै साह्रो हान्न पाइन्न, त्यसैले दुर्घटना हुने सम्भावना न्यून हुन्छ । 

ad
ad