१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ११ बिहीबार
  • Friday, 09 May, 2025
फाइल तस्बिर ।
२o८o श्रावण ११ बिहीबार २१:५४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बागमतीमा सार्वजनिक यातायातको भाडा घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ११ बिहीबार २१:५४:oo

बागमती प्रदेशभर सार्वजनिक सवारीसाधनको भाडा घटेको छ। प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेसँगै बिहीबारबाट भाडा घटेको हो।

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार प्रदेशभर चल्ने लामो रुटको सवारीमा २.३० प्रतिशत, सिटी बसहरूमा ३.२६ प्रतिशत र मालबाहक सवारीसाधन (ट्रक)मा ३.१ प्रतिशतले भाडा घटाइएको छ। 

नेपाल आयल निगमले १ साउनदेखि इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेको १० दिनपछि प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको भाडा समायोजन गरेको हो। यसअघि पनि प्रदेश सरकारले ११ जेठमा सार्वजनिक सवारीसाधनको भाडा समायोजन गरेको थियो।

बिहीबारबाट लागू भएको नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकाभित्रका सार्वजनिक सवारीसाधनको भाडा एक रुपैयाँले घटेको छ। काठमाडौं उपत्यकाभित्र सार्वजनिक बसमा शून्यदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा अब १८ रुपैयाँ भाडा लाग्ने छ भने उपत्यकाभित्र १० किलोमिटर यात्रा गर्दा २४ रुपैयाँ भाडा लाग्नेछ। यसअघि काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्म १९ रुपैयाँ र ५ देखि १० किलोमिटरसम्मको भाडा २५ रुपैयाँ रहेको थियो।

यस्तै, बागमती प्रदेशभर सञ्चालन हुने मालबाहक सवारीसाधनको भाडा १३ रुपैयाँ ७४ पैसा प्रतिटन प्रतिकिलोमिटर निर्धारण गरिएको छ। विद्युतीय माध्यमबाट सञ्चालित यात्रुबाहक सवारीसाधन र यात्रुबाहक सवारीसाधन ट्याक्सीको हकमा भने १ वैशाख ०७९ मा जारी भाडादर नै कायम रहने मन्त्रालयले जनाएको छ।