१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ९ मंगलबार
  • Sunday, 11 May, 2025
भूमि अनुसन्धान तथा नीति सम्वादका लागि सहकार्यको आयोजनामा राजधानीमा आयोजित कृषि बीमा गोष्ठी कार्यक्रमका सहभागी
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ९ मंगलबार २o:oo:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बाढीले धानबालीमा क्षति पुर्‍याए बिमामार्फत उचित क्षतिपूर्ति दिन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ९ मंगलबार २o:oo:oo

कृषि बिमालाई प्राथमिकता साथ सञ्चालन गरेर लाखौँ किसानको जोखिम न्यूनीकरण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। 

भूमि अनुसन्धान तथा नीति संवादका लागि सहकार्यको आयोजनामा राजधानीमा आयोजित कृषि बिमा गोष्ठी कार्यक्रममा सहभागीहरूले कृषि बिमाको प्रभावकारितामा जोड दिएका हुन्। 

परम्परागत ढाँचाको कृषि बिमामा देखिएका विभिन्न कमजोरीका कारण अन्य देशमा सूचकांकमा आधारित कृषि बिमाको विकास र लोकप्रियता बिस्तारै बढ्दै गइरहेको वक्ताहरूले बताएका छन्। 

कार्यक्रममा सुदूरपश्चिम प्रदेशस्थित कैलालीको भजनी नगरपालिकामा सञ्चालित ‘बाढी सूचकांकका आधारमा सामूहिक धानबाली बिमा’को प्रभावकारिताबारे छलफल भएको थियो। 

सगरमाथा लुम्बिनी  इन्स्योरेन्स कम्पनी लिमिटेडले भूमि अनुसन्धान तथा नीति संवादका लागि सहकार्यको प्राविधिक सहयोगमा भजनी नगरपालिकामा ‘बाढी सूचकांकका आधारमा सामूहिक धान बाली बिमा’ कार्यक्रम सञ्चालन गरेको हो। 

उक्त बिमा कार्यक्रमको सफल परीक्षणपछि यस्ता बिमा लेखहरूलाई व्यवस्थित गर्ने र अन्य क्षेत्रमा पनि विस्तार गर्ने बताइएको छ। बाढी  बिमालेखलाई कृषि ऋण, बिउबिजनमा जोडेर स्वतः बिमा हुने विषयमा पनि छलफल भएको थियो। 

कार्यक्रममा कृषि तथा पशुपंक्षी मन्त्रालय, बिमा कम्पनी, बिमा प्राधिकरण, नेपाल कृषि अनुसन्धान परिषद्लगायत कृषिसँग सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र अगुवा किसानहरूको सहभागिता थियो। 

कृषि बिमालाई  सरल, सस्तो र नवीन वित्तीय रणनीतिको रूपमा विकास गरी साना किसानलाई बाढीबाट धानबालीमा नोक्सानी भएमा बिमा कम्पनीमार्फत उचित क्षतिपूर्ति प्राप्त हुने व्यवस्था गरिएको छ। 

भूमि अनुसन्धान तथा नीति संवादका लागि सहकार्यका कार्यकारी निर्देशक धनेज थापाका अनुसार नेपालमा सूचकांकमा आधारित बाली बिमा साना किसानको लागि उपयोगी छ। 

उक्त बिमा कार्यक्रममा किसानहरूको आकर्षण रहेको उनले बताए। कृषि बिमालाई प्राथमिकताका साथ सञ्चालनमा ल्याएर लाखौँ किसानको जोखिम न्यूनीकरण गर्नुपर्नेमा उनले जोड दिए।