१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १७:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

इगो राखेर धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति आयो : लगानीकर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:४६:oo

राष्ट्र बैंकले सेयर बजारप्रति इगो राखेर धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति ल्याएको लगानीकर्ताहरूले आरोप लगाएका छन्। राष्ट्र बैंकले विगत दुई वर्षदेखि सेयर बजारप्रति नकारात्मक बनेर मौद्रिक नीति ल्याउनु पुँजीबजार विकासको लागि राम्रो नभएको लगानीकर्ताहरूले बताए।

नेपाली पुँजीबजारको विकास र साना लगानीकर्ताको संरक्षण गर्नुपर्नेमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लगानीकर्तालाई कन्फ्युज बनाउने काम गरेको उनीहरूको आरोप छ। नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले मौद्रिक नीतिमा एकथरी भाषा प्रयोग गरिएको र त्यसपछि आयोजित पत्रकार सम्मेलनमा फरक कुरा सार्वजनिक गरेर लगानीकर्तालाई कन्फ्युज बनाउने काम भएको बताइन्।

सबै साइजका कर्जाको जोखिम भार नघट्ने गभर्नरको अभिव्यक्तिले लगानीकर्ताहरूलाई प्यानिक बनाएको पोखरेलको भनाइ छ। लगानीकर्ताहरूको कुनै पनि माग सम्बोधन नहुनु पुँजीबजारप्रति राष्ट्र बैंक नकारात्मक रहेको स्पष्ट हुने उनले उल्लेख गरिन्।

त्यस्तै, नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले मौद्रिक नीति लगानीकर्ताहरूले सोचेजस्तो नआएको बताए। दुई वर्षअघि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिकै कारणले पुँजीबजार धराशयी बनाएको उल्लेख गर्दै उनले सेयर कर्जा संकुचन गर्न ४/१२ को नीति र भारित औसतलाई १०० बाट १५० बनाउँदा धराशयी बनेको पुँजीबजार यो मौद्रिक नीतिले पनि सम्बोधन गर्न नसकेको बताए।

सेयर विश्लेषक नवराज घिमिरे नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारी गभर्नर हुँदासम्म पुँजीबजारमैत्री मौद्रिक नीति आउन नसक्ने बताउँछन्। गभर्नर अधिकारी कहिल्यै पुँजीबजारप्रति सकारात्मक नभएकाले पुँजीबजारमैत्री नीतिहरू आउन नसकेको आरोप लगाउँदै उनले अधिकारीको कार्यकाल सकिएपछि मात्रै नेपाली पुँजीबजारले छलाङ मार्ने बताए।

ad
ad