मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १६ शनिबार
  • Saturday, 02 December, 2023
रासस मस्को
२०८० श्रावण ८ सोमबार १२:३६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेनद्वारा क्रिमियाको गोलाबारुद भण्डारमा आक्रमण

Read Time : < 1 मिनेट
रासस, मस्को
२०८० श्रावण ८ सोमबार १२:३६:००

रुसको कब्जामा रहेको क्रिमियास्थित गोलाबारुद डिपोमा आक्रमण भएको युक्रेनका गभर्नरले बताएका छन्।

‘क्रिमियाको आकाशमा ११ वटा मानवरहित विमान (युएभी)लाई युक्रेनी वायु सेनाले गोली हानेर खसालेको छ, साथै युक्रेनी प्रतिरक्षा बलले उक्त क्षेत्रलाई नियमित निगरानीमा राखेको छ,’ सर्गेई अक्स्योनोभले टेलिग्राममा भनेका छन्।

आक्रमण झान्कोय जिल्लाको गोलाबारुद डिपोमा भएको थियो। उनले आक्रमणबाट भएको क्षतिबारे विस्तृत विवरण भने दिएनन्। उनले आक्रमणका कारण क्रिमियाको किरोभस्की जिल्लामा एक निजी घरमा क्षति पुगेको र आपतकालीन सेवा घटनास्थलमा रहेको बताए।

सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमियालाई मस्कोको युक्रेन आक्रमणको क्रममा किभले निशाना बनाएको थियो। तर, पछिल्ला हप्ताहरूमा यो आक्रमण अझ तीव्र र बढ्दो अवस्थामा रहेको युक्रेनी अधिकारीले बताएका छन्।

किभले क्रिमियालाई फिर्ता लिने योजना रहेको बताउँदै आएको छ।