Skip This
गुल्मीमा लम्पी स्किनबाट ३३२ पशुचौपाया मरे, खोप अभियान सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ६ शनिबार
  • Saturday, 27 July, 2024
२o८o श्रावण ६ शनिबार o९:२९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीमा लम्पी स्किनबाट ३३२ पशुचौपाया मरे, खोप अभियान सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ६ शनिबार o९:२९:oo

लम्पी स्किनका कारण गुल्मीमा हालसम्म तीन सय ३२ पशुचौपाया मरे, आठ हजार छ सय चार पशु संक्रमित, नौ करोड बढिकाे क्षति

लम्पी स्किनका कारण गुल्मीमा हालसम्म तीन सय २७ वटा गाईगोरु र पाँच भैसीराँगा मरेका छन् । आठ हजार छ सय चार पशु संक्रमित छन् । सबैभन्दा बढि गाईगोरुमा लम्पी स्किनको सक्रमण देखिएको छ । संक्रमित पशु आठ हजार छ सय चार मध्ये आठ हजार चार सय ७१ गाईगोरु रहेका छन् । मृत्यु हुनेमा पनि गाईगोरु बढि रहेका भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका सूचना अधिकारी डाक्टर मदन भण्डारीले जानकारी दिए ।

सबैभन्दा बढि मदानेमा संक्रमण
अहिले सबैभन्दा बढि लम्पी स्किनको संक्रमण मदाने गाउँपालिकामा रहेको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको तथ्यांक अनुसार मदाने गाउँपालिकामा दुई हजार छ सय ७५ पशुचौपायाा लम्पी स्किनको संक्रमणबाट प्रभावित भएका छन् । मदानेमा अहिलेसम्म ५५ गाईगोरुको मृत्यु भएको छ ।

त्यस्तै चन्द्रकोट गाउँपालिकामा एक हजार एक सय ६४ र मालिकामा एक हजार ७९ पशुचौपाया लम्पी स्किनबाट प्रभावित भएका छन् । यो रोगबाट सबै पालिकामा दुई सयदेखि करिव तीन हजारसम्म पशुचौपाया संक्रमित भएका छन् । अहिलेसम्म पालिका स्तरमा सात हजार पाँच सय ३४ पशुचौपायालाई लम्पी स्किन बिरुद्धको खोप लगाईएको केन्द्रले जनाएको छ । 

गुल्मीमा १५ हजार खोप
पशुमा निकै ठुलो समस्याको रुपमा देखिएको लम्पी स्किन रोगको संक्रमण नियन्त्रण गर्न १५ हजार खोप गुल्मी आएको छ । लुम्बिनी प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मार्फत प्रत्येक स्थानीय तहमा खोप अभियान संचालन गर्ने लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यावस्था मन्त्राालयका पशु विकास अधिकृत हुमकान्त पाण्डेयले बताए । उनले प्रदेशले संचालन गर्ने खोप अभियानको बारेमा प्रकाश पार्दै संक्रमण रोकथाममा गुल्मीका स्थानीय तहले गरेको कामको प्रसंसा गरे ।

खोप अभियान सुरु
शुक्रबार जिल्ला समन्वय समिति प्रमुख द्रोर्ण बहादुर खत्रीले लम्पी स्किन बिरुद्धको खोप अभियानको शुभारम्भ गर्दैै पालिकाहरुको प्रभावकारी सहयोगको अपेक्षा व्यक्त गरे । किसानको गोठमा पुगेर खोप अभियानलाई प्रभावकारी बनाउने पशु प्राविधिकहरु भएकाले उच्च मनोवलका साथ काम गर्ने र पालिकाले आवश्यक सेवा सुविधामा प्रोत्साहन गर्नुपर्नेमा खत्रीले जोड दिए । 

नौ करोड बढि क्षति
स्थानीय तहका पशु प्राविधिकहरुलाई प्रशिक्षणसहित खोप उपलब्ध गराइएको छ । पहिलो चरणमा सबै पालिकामा संक्रमणको आधारमा दुई हजार पाँच सय खोप वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर भरत काफ्लेले जानकारी दिए ।

गुल्मीले १५ हजार खोप पाउने छ । प्राविधिकलाई एक खोप बराबर ४० रुपैयाँ प्रदान गर्न पालिकालाई अनुरोध गर्ने र पालिकाको शाखा प्रमुखलाई फोकल पर्सन तोकेर दैनिक रिर्पोटिङ्गको व्यावस्था गरिएको काफ्लेले बताए ।

अहिलेसम्म गुल्मीमा यस राेगबाट न्यूनतम नौ करोड बढिकाे क्षति भएको छ । पशु चौपायको मृत्युबाट एक करोड ९९ लाख, दुध उत्पादनबाट पाँच करोड ९८ लाख, खोप र उपचारमा दुई करोड बढि क्षति भएको काफ्लेकाे भनाइ छ ।