
नेपाल बक्सिङ संघको छैटौँ साधारणसभाबाट राम अवाले अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। दक्षिण एसियाली खेलकुदअन्तर्गत बक्सिङका रजत पदक विजेता अवाले पोखरामा बुधबार भएको निर्वाचन प्रक्रियाअन्तर्गत निर्विरोध चयन भएका हुन्।
अध्यक्षसँगै २० सदस्यीय केन्द्रीय कार्यसमिति पनि सर्वसम्मत चयन भएको छ। समितिको वरिष्ठ उपाध्यक्षमा अर्जुनबहादुर केसी, उपाध्यक्षमा भोजराज सिटौला, गणेशबहादुर भट्टराई, सविन भट्टचार्य, ओमनारायण श्रेष्ठ र रामबहादुर गिरी चयन भएका छन्।
महासचिवमा मानबहादुर भण्डारी, सचिवमा पुष्करराज पन्त तथा कोषाध्यक्षमा गौतम सुजखु निर्विरोध निर्वाचित भएका छन्। सदस्यहरूमा गोविन्द डंगोल, रेशम पुन, मिलनध्वज राना, बमबहादुर स्याङतान, रेखा थापामगर, रमेश अधिकारी, दुर्गा गहतराज, लक्ष्मण कार्की, सञ्जयकुमार पासवान र समरजंगबहादुर चन्द चुनिएका छन्।
साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए।