१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण ४ बिहीबार १०:४४:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

‘साइबर सुरक्षा’ सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण ४ बिहीबार १०:४४:००

बागमती प्रदेश सञ्चार रजिस्ट्रार कार्यालयद्वारा प्रकाशित साइबर सुरक्षा नामक पुस्तक बुधबार विमोचन गरिएको छ । बागमती प्रदेश सरकारका प्रवक्ता गंगाराम श्रेष्ठले पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले बागमती प्रदेशमा सूचना प्रविधि र साइबर सुरक्षासँग सम्बन्धित विषयमा कानुन निर्माण गरी कार्यान्वयन गरिने बताए । सञ्चार रजिस्ट्रार रेवती सापकोटाले कम्प्युटर, मोबाइल फोन, इन्टरनेट र सामाजिक सञ्जालको दैनिक प्रयोग गर्ने सवालमा आउने चुनौती र सुरक्षा उपायहरूका विषयमा जानकारी गराउने उद्देश्यले साइबर सुरक्षा पुस्तक प्रकाशित गरिएको बताए ।

पुस्तकमा साइबर कानुनको इतिहास, अन्तर्राष्ट्रिय साइबर कानुन, साइबर स्पेस र गोपनीयता, डिजिटल प्रोपर्टी, सामाजिक सञ्जालसम्बन्धी कानुन, आचारसंहिता, नैतिक मूल्य–मान्यतालगायत विषय समावेश छन् । प्रवेश सुवेदीले सम्पादन गरेको पुस्तकलाई बाबुराम अर्याल, गंगालाल चपाई र रविराज बरालले सह–लेखन गरेका हुन् ।